संसदीय चुनावको कार्यतालिका सार्वजनिक, यस्तो छ तालिका

प्रकाशित मिति :2017-09-11 20:50:44

काठमाडौं : २०७४ साल मंसिर १० र २१ गते हुने संसदीय चुनावको कार्यतालिका सार्वजनिक भएको छ । निर्वाचन आयोगको सोमबार बसेको बैठकले संसदीय चुनावको कार्यतालिका सार्वजनिक गरेका हो ।

प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता कात्तिक ५ र १६ गते हुने भएको छ । मंसिर १० गते चुनावका लागि कात्तिक ५ र २१ गते हुने दोस्रो चरणको चुनावका लागि उम्मेदवारी दर्ता कात्तिक १६ गते तोकिएको छ ।

त्यस्तै राजनीतिक दलहरुले समानुपातिक उम्मेदवारको बन्दसूची भने असोज २९ गते पेश नै गर्नु पर्नेछ । आयोगले समानुपातिकको उम्मेदवारको बन्दसूची पेश गरेपछि मात्र प्रत्यक्षको उम्मेदवारी दर्ता राखेको छ ।

सरकारले प्रत्यक्षतर्फ उम्मेदवारी लिएपछि मात्र समानुपातिको बन्दसूची पेश गर्ने गरी कार्यतालिका बनाउन आग्रह गरेको थियो ।

यसैबीच आयोगले जारी गरेकाे  ७ बुँदे आचारसंहिता  विपरित सरकार विस्तार गरेको प्रति निर्वाचन आयोगले ध्यानाकर्षण भएको जनाएको छ । आयोगका अनुसार निर्देशनको बुँदा नम्बर १ मा ‘नेपाल सरकारको स्वामित्वमा रहेका वा सरकारी कोष वा सर्वसञ्चित कोषबाट खर्च हुने वा बजेट प्राप्त हुने वा नेपाल सरकारबाट कुनै सुविधा हुने पद वा निकायमा कुनै राजनीतिक नियुक्ति नगर्ने उल्लेख छ ।

यस्तो निर्देशनका वावजुद सरकारले सोमबार ३ जना मन्त्री तथा एक जना राज्य मन्त्री नियुक्त गरेको भन्दै आयोगले ध्यानाकर्षण भएको जनाएको छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula