कांग्रेसको प्रस्ताव: कर्मचारीलाई जस्तै पूर्व सांसदहरुलाई पेन्सन दिनुपर्छ

प्रकाशित मिति :2017-09-11 17:00:57

काठमाडौं : सत्ता साझेदार प्रमुखदल नेपाली काँग्रेसले पूर्व सांसदहरुलाई पनि कर्मचारीलाई जस्तै पेन्सन दिनुपर्ने प्रस्ताव गरेका छन् । पूर्व पदाधिकारीहरको सुविधा सम्बन्धमा बनेको विधेयकमा माथि सोमबार सांसदको राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुलाई पेन्सन व्यवस्था हुनुपर्ने काँग्रेसका साँसद्हरुले प्रश्ताप राखेका छन् ।

काँग्रेसका संसदीय दलकी सचेतक इश्वरीसचेतक न्यौपानेले भनिन्, ‘पूर्वसांसद जस्तो सम्मानित व्यक्तित्वहरुलाई राज्यले बेवास्ता गर्दै आएपनि अब त्यसो गर्नु हुँदैन ।’ काँग्रेसका अर्का सांसद अर्जुनप्रसाद जोशीले निष्ठापूर्वक जनताको सेवा गरेका पूर्वसांसदहरुलाई पनि पूर्व पदाधिकारीको मान्यता दिई सुविधा उपलब्ध गराउनुपर्ने धारणा राखे ।

पूर्व सांसदलाई निवृत्तभ्रण दिने बारे एमाले र माओवादीका सांसदहरु भने केही बोलेनन् । सरकारले संसद्मा पेस गरेको विधेयकमा पूर्व सांसदलाई पेन्सन दिने व्यवस्था छैन । तर, पूर्व राष्ट्रपतिलाई मासिक पचास हजार रुपैयाँ र पूर्व उपराष्ट्रपतिलाई मासिक चालिस हजार रुपैयाँ पेन्सन वृत्ति उपलब्ध गराउने विधेयकको प्रस्ताव छ ।

त्यस्तै पूर्व राष्ट्रपतिलाई काठमाडौँ उपत्यकामा आफ्नो वा आफ्नो एकाघरको परिवारको सदस्यको नाममा घर नभएमा मासिक २ लाख रुपैयाँ उपलब्ध गराउने प्रस्ताव छ । अन्य पूर्व पदाधिकारीलाई घर भाडा बापत मासिक ५० हजार उपव्ध गराउने प्रस्ताव छ ।

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषदका अध्यक्ष, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभा वा संविधानको अध्यक्ष भई निवृत्त भएको व्यक्तिलाई पेन्सन उपल्ब्ध गराउँने भनी उल्लेख छ । विधेयकमाथी आवश्यक सुझावसहित संशोधन गर्न काँग्रेसका सांसद् जीतवहादुर शाहीको संयोजकत्वमा एक उपसमिति गठा गरेको छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula