मन्त्रिपरिषद् विस्तार गर्ने देउवाको तयारी, तीन मन्त्रि थप्दै (सुचिसहित)

प्रकाशित मिति :2017-09-10 16:27:14

काठमाडौं: प्रधानमन्त्री शेरबहादुर देउवाले राप्रपा प्रजातान्त्रिकलाई समेटेर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् ।


राप्रपा प्रजातान्त्रिकले संसदीय दलका नेता दिपक बोहोराको नेतृत्वमा तीन मन्त्री पठाउन लागेको हो । उसले राज्यमन्त्री र सहायकमन्त्री पनि माग गरेको छ तर, देउवाले मानेका छैनन् ।

राणाले राप्रपा (प्रजातान्त्रिक) तर्फबाट चार जनालाई मन्त्री, चार जनालाई राज्यमन्त्री र चार जनालाई सहायक मन्त्री बनाउन माग गरेका छन् ।स्रोतका अनुसार राप्रपा प्रजातान्त्रिकले ४ वटा मन्त्रालय माग गरे पनि प्रधानमन्त्रीले भने ३ वटा मन्त्रालय दिएर मन्त्रीपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।

प्रधानमन्त्री देउवाले आफैसँग राखेका उद्योग, वन तथा भूसंरक्षण, विज्ञान तथा प्रविधि र शान्ति तथा पुनर्निर्माण मन्त्रालयमध्येबाट ३ मन्त्रालय राप्रपा प्रजातान्त्रिकलाई दिने तयारी गरेका हुन् ।राणाले दिएको सूची अनुसार दीपक बोहोरा, सुनील थापा, बिक्रम पाण्डे र रामकुमार सुब्बालाई मन्त्रीमा सिफारिस गरिएको छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula