मनाइयो इन्द्रजात्रा हेर्नुस् १२ तस्बिरमा

प्रकाशित मिति :2017-09-05 22:14:39

प्रबिन कुलुङ  राई

 

 

काठमाडौं: जीवित देवी कुमारी, गणेश र भैरवको रथयात्रा गरी इन्द्रजात्रा पर्व मंगलवार मनाइएको छ । जीवित देवीका रूपमा रहेकी शाक्य जातकी कुमारी,  बालक गणेश र भैरवका रूपमा बेग्लाबेग्लै रथमा मंगलवार दरबार स्क्वायरस्थित तल्लो टोलमा रथ तानिएको छ ।

वसन्तपुरमा आयोजित समारोहमा राष्ट्रपति भण्डारीले विविध सांस्कृतिक झाँकीको अवलोकन गरिन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश गोपालप्रसाद पराजुली, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, संवैधानिक निकाय र सुरक्षा निकायका प्रमुख, कूटनीतिक नियोगका प्रतिनिधिलगायत सर्वसाधारणको उल्लेख्य  उपस्थित भएको हो ।

जात्रामा दस अवतारको नाच देखाउने दरबार स्क्वयारमा नाच प्रदर्शन गरिएको हो । कुमारीको रथयात्रा सँगै भैरव र गणेशको रथको पनि यात्रा गरियो। जात्रामा हजारौँ सहभागी थिए। साथै दश अवतारको लीला पनि देखाइएको थियो ।

 

 

 

 

 

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula