राजकुमारीले त्यागिन् सर्वसाधरणसंग बिहे गर्न ‘शाही पदवी’

प्रकाशित मिति :2017-09-04 15:48:59

एजेन्सी,
जापानकी एक राजकुमारीले सर्वसाधारणसँग बिहे गर्न शाही पदवी त्यागेकी छन् । सामान्य नागरिकसँग प्रेममा रहेकी राजकुमारी प्रणयसुत्रमा बाँधिन राजकीय पद त्याग्न तयार भएकी छिन् ।

जापाका राजा ‘अकिहितो’की नातिनी तथा राजकुमारी ‘माको ले केइ कोमुरो’सँग बिहे गर्ने राजी भएकी हुन् । २५ वर्षीय राजकुमारी टोकियोको इन्टरनेसनल क्रिस्चियनका सहपाठीसँग बिहे गर्न लागेकी हुन् । त्यसो त जापानमा महिलालाई गद्दीको उत्तराधिकारी मानिँदैन। बिहे पछि शाही पहिचान गुमाउने राजकुमारीले बिहे गर्ने २५ वर्षकै कोमुरा लिगल असिस्टेन्ट हुन् जो ज्याज पियानोका सौखिन पनि हुन्।

कोमुरोले राजा अकिहितो उनका परिवारले उनीप्रति देखाएको आदरभावको खुलेर प्रशंसा गरेका छन्। उनीहरूको प्रेम सम्बन्धलाई राजपरिवारले सहर्ष स्वीकारेकोमा उनले धन्यवाद दिए । राजकुमारीले भनिन्, ‘एउटा फरक परिवारको कल्पना मेरो सोचभन्दा बाहिरको विषय हो, तर म यसलाई खुसहाल बनाउन चाहन्छु ।’ विवाहको बारेमा विस्तृत विवरण भने खुलाइएको छैन।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula