तराईका बाढीपीडितको घाउमा मलम लगाउँदै युवा सघं (हेर्नुहाेस् तस्बिर)

प्रकाशित मिति :2017-08-19 19:19:40


काठमाडौं : नेकपा (एमाले)को युवा संघ नेपाल र सप्तरी युथ नेपालको सयुक्त आयोजनामा सप्तरीको डुमरी, शिबधान लगायतका ठाउँहरुमा बाढीका कारण मुत्य जनावरको ब्यबस्थापन , सरसफाइ , विभिन्न किराहरु, सर्पको बिगबिगीको नियन्त्रणको लागि ब्लजिन पाउडर छर्न काममा सम्पन्न गरेको छ ।

युवा सघंले बाढीले बिगारेको बाटो बनाउने काम गरेको छ । युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष रमेश पौडेल , सचिब नरेश शाही ,स्थायी कमिटी सदस्य प्रभात बिक्रम कटबाल, सप्तरी युथ नेपालका अध्यक्ष , युवा संघ नेपाल सप्तरी नगरपालिका कमिटीका अध्यक्ष दिपक यादव , सप्तरी युथका पुर्ब अध्यक्ष विष्णु यादव लगायतको उपस्थितमा शनिबार राजबिराजमा बाढीले ग्रस्त ठाउहरुमा सरसफाइ कार्य गरेको हो ।

सरसफाइ सप्तरीका युवाहरु र स्थानीय जनताहरुको निकै बाक्लो उपस्थितमा सम्पन्न भएको युवा सघंको प्रवक्ता प्रभात विक्रम कटवाल जानकारी दिए । उनले राज्यका अङ्गहरु उदार र राहतमा भएको ढिलासुस्तीका विरुद्धमा स्थानीय जनताको आक्रोश रहेको बताए ।

युवा संघ नेपालल स्थानीय जनताका समस्या, गुनासो, सुझावे लिपिबध्द गरेर नेपाल सरकारलाई बुझाउने भएको छ । त्यस्तै छिटो भन्दा छिटो यसको दीर्घकालीन समाधान गर्ने सरकारसँग माग गरेको छ ।

कुटवाले भारतको हेपाहा प्रवृत्तिको कारण तराई जलमग्न भएको बताउँदै दीर्घकालीन समाधानको लागि सम्बन्धित पक्षको ध्यान जान आबस्यक भएको बताए। ‘हजारौं बिघा जमीन बाढीले मरुभूमि बनाइदियो ।राहतको नाममा चिउरा , दालमोठ , बिस्कुट र कुहिएका चामल वितरण गरेर मात्र यसको समाधान होइन जनतालाई राहत भन्दा पनि बिस्थापित घरपरिवारको दीर्घकालीन समाधान , हजारौं बिघा उब्जाउ जमिनमा बालुवा थुपारेका लाई पुन उब्जाउ गर्नु पर्ने चुनौती छ ।’ उनले भने,‘ भारतले एकतर्फी लगाएको बाधको अन्त्य हुनु नै तराइमा बाढीको अन्त्य हुनु हो ।बर्षेनी आउने स्थानीय खोलाहरुको नियन्त्रणको लागि स्थायी तटबन्ध बनाउन युवा संघ नेपाल सम्बन्धित पक्ष र नेपाल सरकारलाई जोडदार माग गर्दछ ।’

उनले एमाले तराईको पक्षमा सधै रहेको बताउँदै तराई मधेसको बिकास, उनन्ती, प्रगति ,समृद्धिमा युवा संघ नेपालको महत्त्वपूर्ण भुमिका रहेको बताए । उनले युवा संघ सम्पुर्ण शक्ति तराईको केन्द्रीत रहेको समेत बताए ।

उनले युवा संघ अहिले सप्तरीमा उदार र राहतमा लागेको बताउँदै । हिजो भुकम्पमा पनि युवा संघ नेपाल उदार, राहत र पुनर्निर्माण मा उत्कृष्ट काम गरेको स्मरण गराए । मधेस बारे ठुला ठुला कुरा गर्ने मधेसी नेता कहाँ छन मधेसलाई दुख्दा आज मधेसी नेता हरु काठमाडौंमा भारतको इशारामा संविधान संशोधनको बेमौसमी बाजा बजाइरहेको उनले आरोप लगाए । ‘अहिले तराई केन्द्रित दलहरु तराईमा छैन , तराईलाई समस्या हुदा एमाले नै चाहिदो रहेछ भनेर तराईका देशभक्त , प्रगतिशील जनताहरु भनिरहेको छन’, उनले भने ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula