तस्बिरमा ‘बौद्ध स्तुपा’

प्रकाशित मिति :2017-08-19 17:58:02

काठमाडौं : विश्व सम्पदा सूचीेमा रहेको ‘बौद्ध स्तुपा’ वि.सं. २०७२ वैशाख १२ गते गएको विनाशकारी भूकम्पले भत्काएकाे थियाे । डेढ वर्षपछि बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासको केन्द्र मानिने स्तुपाको पुर्ननिर्माण पश्चात पर्यटक आउने क्रम बढेको छ ।

सरकारले पुननिर्माण गर्ने अनुमति दिएपछि बौद्ध विकास समितिको सक्रियतामा स्थानीय सर्वसाधारणको आर्थिक, श्रम र नैतिक सहयोगले एक वर्षमै यसको पुननिर्माण सकिएको हो ।

३६ मिटर अग्लो बौद्धनाथ स्तुप दक्षिण एसियाकै ठूला स्तुपमध्ये एक हो। यसको निर्माण पाँचौं शताब्दीमा भएको मानिन्छ। डेनियल राइटद्वारा सम्पादित उन्नाईसौं शताब्दीको एक वंशावलीअनुसार बौद्धनाथ महाचैत्यको स्थापना राजा मानदेव प्रथम ९सन् ४६४–५०५० ले गरेका हुन्। बौद्धमार्गीले बौद्धनाथ पनि स्वयम्भूजस्तै आफैँ उत्पन्न भएकोे विश्वास राख्छन्। काठमाडौं उपत्यकाका विश्व सम्पदा सूचीमा परेका स्थलको मूल्यांकन युनेस्कोले नोभेम्भर सन् १९९३ मा गरेको थियो।

 

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula