पहिचानमा समृद्ध नेपालका आदिवासी जनजाति (फोटोफिचर)

प्रकाशित मिति :2017-08-09 21:10:13

शब्द/तस्बिर : प्रविन कुलुङ रार्इ

काठमाडौं : नेपाल आदिवासी जनजाति महासंघद्धारा बुधबार २३ औँ विश्व आदिवासी दिवस भव्यरुपमा मनाएका छन् ।  महासघंले यसबर्ष ‘अधिकार प्रतिनिधित्व र स्वशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संघीयताका लागि संविधान संशोधन हाम्रो साझा अभियान’ भन्ने नाराका साथ आदिवासी जनजाति दिवस मनाइएको हो ।

विश्व आदिवासी दिवस–२०७४ का अवसरमा आयोजना गरिएको कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल धेरै जातजातिको फूलबारी भएको बताए ।  उनले सबै जातिहरु मिलेर बसेको हुँदा विश्वकै लागि नेपाल भेषभूषा, संस्कृति र भाषामा आकर्षणको केन्द्र हाे’,  उनले भने, ‘प्रत्येक जातिको अलग भाषा, संस्कृति, भेषभूषा छ, ती सबैको संरक्षण गर्नुपर्छ, त्यो नै आदिवासी जनजातिको पहिचान हो ।’

कार्यक्रममा बोल्ने आदिवासी जनजातिहरुले आफूहरुलाई अल्पसंख्यक वा अन्य जातिमा राखेको हुनाले संविधान संशोधन गर्नुपर्ने माग गरेका थिए ।

   

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula