भरतपुर महानगरमा एमाले जनप्रतिनिधिले सपथ लिए

प्रकाशित मिति :2017-08-07 14:22:11

 

चितवन : मतपत्र च्याँत्नेसँगै बसेर सपथ नलिने अडान लिएका भरतपुर महानगरका एमाले जनप्रतिनिधीहरुले सोमबार अलग्गै सपथ लिएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा एमालेका निर्वाचित १४ मध्ये १२ जना वडाध्यक्षले सपथ लिएका हुन् । मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले वडाध्यक्षहरुलाई सपथ ग्रहण गराएर प्रमाणपत्र दिए ।

सपथ कहाँ लिने भनेर केहीबेर विवाद समेत भएको थियो । एमाले जनप्रतिनिधिहरुले कार्यालयको हलमा सपथ लिन चाहेका थिए । तर, मुख्य निर्वाचन अधिकृतले आफ्नै कार्यकक्षमा सपथ लिन आग्रह गरेपछि केहीवेर भनाभन समेत भएको थियो ।
सपथ कार्यक्रममा एमाले जिल्ला नेताहरु सहभागी भएपनि मेयर रेणु दाहाल उपस्थित थिइनन् ।

मेयर रेणु दाहाल अनुपस्थित भएकाले एमालेबाट निर्वाचित वडा सदस्यहरुले सपथ लिन बाँकी छ । एमाले वडाध्यक्षहरुले सोमबार नै कार्यभार सम्हाल्ने भएका छन् ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula