काठमाडौं जिसस प्रमुखमा एमालेका वैद्य निर्वाचित

प्रकाशित मिति :2017-08-06 16:32:56

काठमाडौं : काठमाडौं जिल्ला समन्वय समिति प्रमुखमा एमालेका शिवसुन्दरराज वैद्य निर्वाचित भएको छ ।

आइतबार भएको जिसस निर्वाचनमा वैद्य १५ मत प्राप्त गरी निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शशीप्रसाद गिरीले ७ मत प्राप्त गरेको थियो । यसैगरी उपप्रमुखमा पनि एमालेकै सरिता दाहाल १५ मत प्राप्त गरी निर्वाचित भएकी छन् । उनका निकटम प्रतिद्वन्द्वी पञ्चकुमार श्रेष्ठले ७ मत प्राप्त गरेका थिए ।

सात सदस्यीय समितिमा सबै एमालेका उम्मेदवार निर्वाचित भएको मुख्य निर्वाचन अधिकृत अधिकारीले बताए । निर्वाचित सदस्यमा रघुनाथ तिमिल्सेना, उद्धव भण्डारी, कृष्ण लम्साल, तेजिला थापा, सावित्रा ढकाल, सान्नानी लामा र शिला शर्माकार छन् । नवनिर्वाचित पदाधिकारी र सदस्यलाई आजै शपथ गराइएको छ । रासस

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula