छोरीलाई जिताउँदा सन्तोष मिल्यो : प्रचण्ड

प्रकाशित मिति :2017-08-06 17:50:40


पोखरा : भरतपुर महानगरपालिकाको निर्वाचनमा छोरी रेणु दाहालले मेयर पदमा जित हासिल गर्दा आफूलाई सन्तोष मिलेको अध्यक्ष प्रचण्डले बताएको छ।भरतपुरको निर्वाचन परिणामले स्थानीय नागरिकसहित आफूलाई पनि सन्तोष मिलेको उनले बताए।

छोरीलाई जिताउन विशेष शक्ति प्रयोग गरेको भन्दै एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रतिक्रिया दिएको सम्बन्धमा पोखरामा संचारकर्मीले सोधेको जिज्ञासामा दाहालले भने, ‘मैले केपी जी को स्टाटस हेरे, चितवनका एमाले कार्यकर्तालाई निर्वाचन परिणामलाई सहजै लिन भन्नुभएको रहेछ । केपी जीलाई धन्यवाद, एउटा नेताले भनेको त्यो सही हो।’

दाहालले पिछडिएका वर्ग र जातिहरुलाई सम्मान, पहिचान र अधिकार दिनका लागि पहिचानका आधारमा राज्य पुर्नसंरचना हुनुपर्छ भनेर आवाज उठाएपनि त्यसलाई मधेसवादी दल र एमालेले मधेसी राष्ट्रवाद र पहाडिया राष्ट्रवादका रूपमा अगाडि बढाउँदा नश्लवादीतर्फ उन्मुख हुन थालेको टिप्पणी गरे । उनले भने, ‘जानेर होस् वा नजानेर देश नश्लवादमा फस्यो भने त्यो फासीवाद वा विखण्डनतर्फ जाने सम्भावना हुन्छ ।’

प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउन सुरुमा जनदवाब सिर्जना गरेर यसलाई बहसमा ल्याउने र नभए आन्दोलनबाट पनि दबाब सिर्जना गर्ने माओवादी अध्यक्ष प्रचण्डको भनाइ थियो ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula