प्रचण्डको निष्कर्षः जनताले चाहेजस्तो पार्टी बनाउन सकिएन

प्रकाशित मिति :2017-07-17 17:03:45

काठमाडौंः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताले चाहेजस्तो पार्टी बनाउन नसक्दा स्थानीय तह चुनावमा पराजय भोग्नु परेको बताएका छन् । पार्टी मुख्यालय पेरिसडाडाँमा शुरु भएको केन्द्रीय सचिवालय बैठकमा प्रचण्डले यस्तो निष्कर्ष सुनाएका हुन् ।

‘जनताले चाहेजस्तो पार्टी बनाउन नसक्दा पार्टीले पराजय भोग्नु परेको छ’, उनले भने, ‘जनताले यस्तो माओवादी चाहेका थिएनन् ।’ गुटबन्दीका कारण समेत पार्टी पराजित भएको उनले बताए ।

भने, ‘अब गुट विघटन गरौं, होइन भने संस्थागत रुपमै चलाऊँ ।’ डेढ घण्टा बोलेका प्रचण्डले चुनावमा माओवादी हार्नुका कारणबारे बताएका थिए । माओवादी केन्द्र हराउन राष्ट्रिय र अन्तर्राष्ट्रिय शक्ति नै लागि परेको प्रचण्डले बताए ।

बैठकमा जिल्ला इन्चार्जहरुले प्रतिवेदन पेश गर्न शुरु गरेका छन् । यसपछि फेरि अध्यक्ष प्रचण्डले निष्कर्ष र निर्देशन दिएपछि बैठक सकिनेछ ।

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula