जिसस गठन ढिलाइ भएकोमा एमालेको ध्यानाकर्षण

प्रकाशित मिति :2017-07-17 16:25:47

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले जिल्ला समन्वय समिति गठनमा ढिलाइ भएको भन्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख निर्वाचन आयुक्त यओधीप्रसाद यादवलाई भेटेर ध्यानाकर्षण गराएका हुन् ।

३१ वैशाखमा पहिलो चरणमा सकिएको स्थानीय तहको निर्वाचनको जिसस गठन नभएकोमा एमालेले ध्यानाकर्षण गराएको छ । दुई चरणगरी ६७ जिल्लामा सम्पन्न स्थानीय तहको परिणामअनुसार एमालेले ३१ जिल्लामा बहुमत जितेर एकल जिसस गठन गर्नेछन् । बाँकी जिल्लाहरुमा पनि एमालेले अन्य दलसँग मिलेर जिसस गठन गर्ने तयारी गरिरहेको छ ।

तर, आयोगले यसबारे कुनै तालिका नबनाएकोमा एमालेले ध्यानाकर्षण गराएको हो । यस्तै, नेम्वाङले आगामी ७ माघभित्रै सबै तहको निर्वाचन सक्न समेत ध्यानाकर्षण गराएका छन् ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula