काडा-५ मा एमालेको प्यानेल निर्विरोध विजयी

प्रकाशित मिति :2017-06-19 15:00:43

बझाङ : बझाङको काडा गाउँपालिका ५ मा नेकपा एमालेको प्यानेल विजयी भएको छ । आइतबार भएको मनोनयन दर्तामा बझाङको काडा गाउँपालिकाका वडा नम्बर ५ मा कुनै पार्टीले उम्मेदवार दर्ता नगराएपछि एमालेका प्यानेल निर्विरोध विजयी भएको हो ।

निर्विरोध निर्वाचित हुनेमा अध्यक्ष पदमा धनन्जय बोहरा सहितको प्यानल निर्विरोध विजयी भएका छन् । महिला सदस्य अम्मरा बोहरा, अन्य सदस्यहरूमा डवल बोहरा र कलु बोहरा रहेका छन् । यस वडामा दलितको बसोबास नभएका कारण दलित सदस्य पदमा कसैको उम्मेदवारी परेको थिएन । कसैको उम्मेदवारी नपरेका कारण निर्विरोध निर्वाचित गरिएको काँडा गांउपालिकाका निर्वाचन अधिकृत विरेन्द्र केसीले जानकारी दिएका छन् ।

निर्विरोध विजयी भएपछि अध्यक्ष धनन्जयले आफ्नो वडामा रहेका विभिन्न खोला र नदीहरूमा झोलुगे पुल निर्माण गर्नु, गोरेटो बाटोलाई चौडा बनाउने पहलिो प्रथामकि रहेको बताएको छ । उनले वडाका वासिन्दाको सल्लाह र सुझावमा काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

नेकपा एमालेका प्यानल नै विजयी भएपछि उक्त वडामा नेकपा एमालेका स्थानीय नेता कार्यकर्ताहरूले नाराबाजी सहित विजयी जुलुस निकालेका छन् ।

    Comment Here!



©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula