काग्रेसका पूर्व धरान उपाध्यक्ष एमाले प्रवेश

प्रकाशित मिति :2017-06-19 14:41:47

धरान : नेपाली कांग्रेस धरानका पूर्व उपाध्यक्ष धनवहादुर राई नेकपा एमालेमा प्रवेश गरेका छन् । राईसंगै काग्रेसकै कृष्ण परियार पनि एमाले प्रवेश गरेकी छन् ।

नेपाली काग्रेसभित्र सरल र ईमान्दार नेताका रुपमा चिनिने राई आईतवार एमालेमा प्रवेश गरेका हुन् । कांग्रेस निकट नेपाल यातायात मजदुर संघका २०४८ सालमा अध्यक्ष, चालक संघ सुनसरी अध्यक्ष, नेपाल आदिवासी जनजाती महासंघ पूर्व नगर अध्यक्ष रहेर काम गरि सकेका छन्  ।

२०५२ सालमा काग्रेसको सक्रिय सदस्य भएर काम गरेका राई नगर समितिको उपाध्यक्ष समेत भएर सक्षम नेतृत्व गरिसकेका छन् । राईलाई सांसद कृष्णकुमार राईले अविर माला लगाएर एमालेमा स्वागत गरेको थियो ।

धरानका लागि एमालेका तर्फबाट मेयरका उमेद्वार तारा सुव्वा, उपमेयरका उमेद्वार मञ्जु भण्डारीले एमालेमा स्वागत गरेका थिए । राईलाई नेकपा एमाले सुनसरी सदस्य तथा नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका महासचिव भीमज्वाला राईले खदा पहिर्याईदिएर स्वागत गरेका थिए ।

त्यस्तै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका कोशी उपाध्यक्ष लक्ष्मी बांनिया, अञ्चल सहसचिव कमल भटराई, धरान ईकाई सचिव रविन अधिकारी, जिफन्ट सुनसरी सचिव शमशेर वर्देवाले जिफन्ट परिवारमा स्वागत गरेका थिए ।

राईले नेपाली काग्रेस पार्टी श्रमजीवी मेहनती जनताको पार्टी नभएको बताए । उनले भने काग्रेससंग पुृरानो ईतिहास मात्र भएको तर वर्तमानको आवश्यक्ता पुरा गर्ने विचार र भविष्यका लागि कुनै लक्ष्य नभएको बताए । उनले भने मैले मेरा सुन्दर २३ वर्ष नेपाली काग्रेस भएर समाज र स्वयम आफैलाई धोका दिएको बताए ।

    Comment Here!



©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula