बझाङको काँडामा वडाध्यक्ष सहित एमालेको प्यानलै निर्बिरोध निर्वाचित

प्रकाशित मिति :2017-06-19 13:47:36


बझाङ: बझाङको काँडा गाँउपालिकाको एउटा वडामा एमालेका अध्यक्ष सहित सबै पदमा निर्बिरोध निर्वाचित भएका छन् ।

वडा नम्बर ५ मा नेकपा एमालेको प्यानल निर्बिरोध विजयी भएको हो ।काँडा गाउँपालिका वडा नम्बर ५ मा अरु पार्टीको उम्मेदवारी नपरेपछि एमाले निर्बिरोध भएको हो ।

एमालेका उम्मेदवार धनन्जय बोहोरा अध्यक्षमा निर्विरोध भएको निर्वाचन कार्यालयले जनाएको छ ।त्यस्तै महिला सदस्यमा अमृतादेवी बोहोरा, खुला सदस्यमा डब्बल बोहोरा र कलु बोहोरा बिजयी भएका छन । दलित महिलामा भने कसैको उम्मेदवार नपरेकाले खाली भएको छ ।

    Comment Here!


©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula