आइएस लडाकूद्वारा पेरिसमा आक्रमण

प्रकाशित मिति :2017-04-21 20:20:45

पेरिस : पेरिसमा बिहीबार बेलुका भएको आतङ्ककारी आक्रमणको घटनाको अतिवादी समूह इस्लामिक स्टेट (आइएस) लडाकूहरुले जिम्मा लिएका छन् ।

घटनामा परी एक जना प्रहरीको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।  फ्रान्सको गृह मन्त्रालयका प्रवक्ताले उक्त आक्रमणका क्रममा आक्रमणकारीले कारबाट ओर्लेर स्वचालित हतियारद्वारा गोली प्रहार गरेको बताए ।

उनले घटनामा संलग्नहरुको खोजी र अनुसन्धानकार्य अगाडि बढाइसकिएको जानकारी दिए । प्रहरीले घटनास्थलबाट विभिन्न दृष्टीकोणले घटनाका बारेमा अध्ययन गरिरहेको र प्रमाणहरु संकलन गरेको उनले बताए ।  उक्त हमलापछि फ्रान्सका राष्ट्रपति फ्राँस्वाँ अलान्दले सुरक्षा परिषद्को बैठक बोलाइएको जानकारी दिए ।

उनले ट्विटरमार्फत् घटनामा मृतकप्रति श्रद्धान्जलि व्यक्त गर्दै घाइतेहरुप्रति सहानुभूति र शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

राष्ट्रपतीय चुनावको पहिलो चरणको मतदान हुनु केही दिन अघि यस्तो घटना भएको हो । घटनापछि पेरिसमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ ।

रासस÷सिन्ह्वा

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula