मतदान गर्न भारतबाट घर फर्कनेको लर्को

प्रकाशित मिति :2017-04-21 15:09:11

बाजुरा : बूढीगङ्गा नगरपालिका– १० का खम्म सार्की स्थानीय तहको निर्वाचन हुने भएपछि भारतबाट घर फर्किएको छ । सार्की आठ वर्षपछि घर फर्किएको हो ।

संविधान सभाको निर्वाचनमा मत हाल्न सार्की दुई महिनाको बिदा लिएर भारतको दिल्लीबाट आएको थियो । स्थानीय तहको निर्वाचन महत्वपूर्ण भएको उनको भनाइ छ ।

यस्तै छेडेदह गाउँपालिका– १ का धनसिंह रोकाया तीन महिना अगाडी मजदुरी गर्न भारत गएपनि एक हप्ता अघि घर फर्किएको छ । रोकाया पनि स्थानीय तहको निर्वाचनका लागि घर फिर्ता भएको हो । ‘वडामा उम्मेदवारी दिने योजना बनाएर घर फर्केको हुँ,’ रोकायाले भने । लामो समयपछि स्थानीय तहको निर्वाचन हुन लागेकाले चौकीदारी काम छोडेर आएको रोकायाले बताए ।

ब्रह्मतोलाका गणेश रौले पाँच महिनादेखि चौकीदारी गर्न भारतको राजधानी नयाँ दिल्ली गाएको हो । स्थानीय तहको निर्वाचनमा आफ्नो वडामा अध्यक्ष पदमा उम्मेदवारी दिने भन्दै घर फर्किएको छ । ‘मसँगै धरै नेपाली निर्वाचनका लागि घर फर्किका छन्,’ रौलेले भने ।

बेतालमाडाँ स्थित बसको टिकट काउन्टरका खड्कराज जोशी भारतबाट दैनिक चार÷पाँच सयको सङ्ख्यामा नेपाली नागरिक घर फर्किन थालेको बताउँछन् । ‘बसमा दसैँमा जस्तै घर फर्किनेको चाप देखिन्छ,’ उनले भने । अधिकांशलाई चुनाव लागेको छ । भारतका विभिन्न शहरमा मजदुरी गर्दै आएका यहाँका बासिन्दा घर फर्किने क्रम बढेको छ । रासस

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula