सरकारले मतदाता प्रभावित पार्न बजेट दुरुपयोग गरेको एमालेको आरोप

प्रकाशित मिति :2017-04-21 14:42:18

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले निर्वाचनमा मतदाता प्रभावित गर्न सरकारले बजेट दुरुपयोग गर्न खोजेको भन्दै तत्काल रोक लगाउन निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराएको छ । सरकारले धमाधम आचारसंहिता उल्लंघन गरेको प्रमाण आयोगलाई बुझाउँदै एमालेको उच्चस्तरीय प्रतिनिधिमण्डलले बजेट दुरुपयोग तत्काल रोक्न गम्भीर ध्यानाकर्षण गराएको हो ।

सरकारले आचारसंहिता उल्लंघन गरेको प्रमाण पेस गर्न संसदीय दलका उपनेता सुवास नेम्बाङ नेतृत्वको प्रतिनिधिमण्डल बिहीबार आयोग पुगेको थियो । उनले आचारसंहिता उल्लंघनमा कडाईका साथ रोक लगाएर स्वतन्त्र र निष्पक्ष निर्वाचनका लागि भूमिका खेल्न आयोगको गम्भीर ध्यानाकर्षण गराइएको जानकारी दिए । एमाले टोलीले बजेट निकासाका लागि पत्राचार गरिएको पत्र प्रमाणका रूपमा आयोगलाई बुझाएको थियो ।

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula