अब मधेसी मोर्चा माग पुरा भए पनि चुनावमा नजाने, नविथोल्ने पनि

प्रकाशित मिति :2017-03-20 20:25:12

फाइल तस्बिर

काठमाडौं : मधेसी मोर्चाका शीर्ष नेताहरू सम्मिलित सोमबार बसेकोे आन्तरिक बैठकले कसरी अघि बढ्ने भन्ने विषयमा  नयाँ नीति ल्याएको छ ।

मोर्चाले गरेको संविधान संशोधन प्रस्ताव चारवटै विषय पारित भए पनि चुनावमा नजाने निर्णय गरेकोे छ । मोर्चाले झापादेखि कञ्चनपुरसम्म केही भुभागहरु मधेस प्रदेशमा गाविनु पर्ने निर्णय गरेको छ । मोर्चाले झापादेखि-कैलालीसम्मको भूभागहरु तराई प्रदेशबाट छुटे चुनावमा नजाने निर्णय गरेको हो । चुनावमा गएर केही फाइदा नदेखेको निष्कष पनि निकाल्दै चुनाव पनि नबिथोल्ने रणनीति बनाएको छ । मोर्चाको आन्तरिक बैठकमा सिमांकनबाहेक अरू प्रस्ताव पारित भए पनि चुनावमा नजाने निणर्य गरेको स्रोतले बतायो ।

यस अघि मोर्चाले संसद्मा विचाराधिन रहेको संविधान संशोधन प्रस्ताव पारित नभएसम्म निर्वाचनमा भाग नलिने भन्दै आएका थिए ।

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula