दोस्रो वरीयताको डीआइजी अर्याल पनि आइजीपीको माग गर्दै सर्वोच्चमा

प्रकाशित मिति :2017-03-20 18:44:23

काठमाडौं : आइजीजी पदको लागी सर्वोच्चमा चलिरहेको विवाद माथि डीआइजी प्रकाश अर्यालले आफूलाई प्रहरी प्रमुख बनाउन माग गर्दै सर्वोच्चमा रिट दयार गरेको छ ।

सोमबार मात्रै डीआईजी जयबहादुर चन्द र नवराज सिलवालको मुद्दाको पूर्ण इजलासमा बहस सकिएको छ । तर, डीआईजी प्रकाश अर्यालले पनि आजै सर्वोच्चमा रिट दायर गरेका छन् ।चन्दलाई प्रहरी प्रमुख बनाउने निर्णयविरुद्ध अधिवक्ता कपिलदेव ढकाल र डीआईजी सिलवालले रिट दायर गरेको थियो । रिटमा प्रधानन्यायाशीश सुशीला कार्की नेतृत्वको पूर्ण इजलासमा बहस सकिएको छ । आइजीपीको भोलि फैसला सुनाउने तय भएको छ । डीआइजी अर्यालले आइतबार नै रिट दायर गर्न सर्वोच्च पुगेका थिए । तर, सर्वोच्चले दिनभर कुराएर पनि दर्ता नगरेको उनको गुनासो छ । सोमबार दयार भएको रिटमा चन्द र सिलवालको मात्र कार्यसम्पादन मूल्याङकन झिकाउने सर्वोच्चको आदेशले आफूअन्यायमा परेको अर्यालले गुनासो पोखे ।

अर्यालले तेस्रो बरियतामा रहेको चन्दलाई आइजीपी बनाउने निर्णय खारेज गरी आफूलाई आईजीपीमा बढुवा गर्न मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न र बढुवा गरी पदस्थापन गर्न सरकारको नाममा परमादेश दिन माग गरेका छन् । उनले रिटको टुङगो नलागेसम्म कसैलाई बढुवा नगरी अन्तरिम आदेश जारी गर्न माग गरेको । अर्याल दोस्रो बरियताको डीआइजी हुन् ।

    Comment Here!


समाचार

©2016 | All rights reserved by Nayapage.com
Do not use or reproduce videos, photos and other materials without authorized permission

Designed By: Turup sangroula