गीत : काँढाबीच फूल
- सागर फुयाल
उदास हृदय उदासीको बनेपछि मूल
गार्हो मानी हास्दोरैछ काँढाबीच फूल ॥
भन्छन् बेदनाको सँसारभित्र नहराउनु
पसिसकेपछि अब किन पो डराउनु
विरहमा रूँदै हिँड्दा गरेछु कि भूल
गार्हो मानी हास्दोरैछ काँढाबीच फूल ॥
आफू भलो जगत् भलो भन्ने मेरो बानी
इर्ष्या डाह गर्न थाले जानी नजानी
जाली समाज हो यो सँधै चुँड्न खोज्छ फूल
गार्हो मानी हास्दोरैछ काँढाबीच फूल ॥