‘कथा काठमाण्डु’ बाट आलोचित प्रियंकाको ‘अनागत’ मा फेरि अन्तरङ्ग दृष्य (ट्रिजरसहित)


३ पुष २०७५, मंगलवार
anagat 44

काठमाडौं, ३ मंसिर । करीब २ वर्ष अगाडि नै छायांकन सकिएको अभिनेत्री प्रियंका कार्की र अभिनेता अर्पण थापा स्टारर फिल्म ‘अनागत’ को अफिसियल टिजर र प्रदर्शन मिति घोषणा गरिएको छ ।

anagat 44

माघ ११ गतेलाई रिलिज डेट लक गरिएको फिल्मको टिजरमा श्रीमान्–श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।

यसअघि फिल्म ’कथा काठमाण्डु’ मा इन्टिमेट सिन दिएका कारण आलोचित भएकी अभिनेत्री प्रियंकाले ‘अनागत’ मा अभिनेता अर्पणसँग पनि अन्तरंग दृष्य दिएकी छन् । दुई बीचको इन्टिमेट सिन टिजरमा समावेश गरिएको छ। फिल्ममा दुई श्रीमान–श्रीमतीको भूमिकामा छन् ।

साम्तेन भुटियाले फिल्मलाई निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको फिल्ममा अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिकामा छन् । माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा फिल्म निर्माण भएको हो ।

फिल्ममा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । फिल्मलाई सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र भुटियाले पटकथाको स्वरूप दिएका हुन् ।
हेर्नुस् ट्रिजर भिडियो

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७