बैकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ


२७ फाल्गुन २०७८, शुक्रबार
santa yLKUFcD6IR

काठमाडौं । बैंकिङ कसुरका एक फरार प्रतिवादीलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गोरखाको साविक सौरपानी गाविस-३ परिवर्तित बारपाक सुलिकोट गाउँपालिका-४ घर भई काठमाडौंको रामकोट बस्ने वर्ष ३६ की शान्ता कोइराला दवाडी रहेकी छन् । दवाडीलाई उच्च अदालत पाटन ललितपुरको २०७८ मंसिर २१ गतेको फैसलाले नौ लाख ९० हजार जरिवाना तोकेको थियो ।

फरार रहेकी महाशाखाको टोलीले सीतापाइलाबाट पक्राउ गरी फैसला कार्यान्वयनको लागि काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७