अफ्रिका कप अफ नेशन्समा मोरक्कोको शानदार जित


४ माघ २०८०, बिहीबार
morako

काठमाडौं । अफ्रिका कप अफ नेशन्समा मोरक्कोले शानदार जित निकालेको छ । बुधबार भएको खेलमा मोरक्कोले तान्जेनियालाई ३–० गोल अन्तरले पराजित गर्दै समूह एफमा स्पष्ट ३ अंक बनाएको छ ।

खेलको ३० औं मिनेटमा रोमेन साइसले गोल गर्दै मोरक्कोलाई अग्रता दिलाएका थिए । ७० औं मिनेटमा तान्जानिया १० खेलाडीमा समेटिएको थियो । नोभास्टास डिसमस दोहोरो पहेंलो कार्ड (रातो) पाउँदै मैदान छाडेका थिए ।
पहिलो हाफमा १ गोल गरेको मोरक्कोले दोस्रो हाफमा २ गोल थपेको थियो । ७७ औं मिनेटमा एजिदिन ओनाहीले गोल गरेपछि अग्रता दोब्बर बनेको थियो । ८० औं मिनेटमा युसुफ एन नेसिरीले गोल गरेपछि मोरक्कोले ३–० को सहज जित निकाल्दै प्रतियोगितामा सुखद् सुरुआत गरेको हो ।

यही समूहमा रहेका जाम्बिया र कंगोले एक -एक गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । जाम्बिायका लागि किंग्स कांगवाले गोल गर्दै २३ औं मिनेटमा अग्रता दिलाएका थिए । तर, २७ औं मिनेटमा कंगोले गोल फर्काउँदै खेल बराबरी गरेको थियो । कंगोका लागि योएन वेएसाले बरबरी गोल गरे । समूह एफमा मोरक्को ३ अंकसहित शीर्ष स्थानमा रहँदा कंगो र जाम्बिाय एक एक अंकसहित क्रमश दोस्रो र तेस्रो स्थानमा छ । तान्जानिया भने अंक बिहीन अवस्थामा छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७