क्रिकेट अपडेट : तेस्रो ओभरमै सोमपालले दिलाए नेपाललार्इ पहिलो सफलता


१ चैत्र २०७४, बिहीबार
Sompal Kami 1

काठमाडौं, १ चैत । नेपाललाई सोमपाल कामीले पहिलो सफलता दिलाएका छन्। सोमपालले पीएनजीका ओपनर अशादोल्लह भालालार्इ १० रनको स्कोरमा खेलिरहँदा एलबिडब्लुको आउट गरेका छन् । उनले दुई ओभरको तेस्रो बलमा आउट गरेका हुन् ।Sompal Kami 1


नेपालले पुपुवा न्यु गिनीसँगको खेलमा टस जितेर बलिङमा उत्रिएकाे छ ।दिवसीय मान्यता प्राप्त गर्न जित्नै पर्ने खेलमा नेपाली टोलीले बलिङ गर्ने निर्णय गरेको हो । नेपालको विश्वकप सम्भावना समाप्त भए पनि अब नेपालको आशा एक दिवसीय मान्यता प्राप्त गर्नु हो ।प्रतियोगिताका शीर्ष ३ एक दिवसीय मान्यता प्राप्त नभएको राष्ट्रहरुले सो मान्यता प्राप्त गर्ने छन् ।

सन् २०१५ देखि तथ्यांक हेर्दा नेपाल र पपुवा न्युगिनीबीच दुईपटक मात्र प्रतिस्पर्धा भएको छ । सन् २०१५ मा आइसिसी विश्व क्रिकेट लिग च्याम्पियसिपमा मात्र नेपालले पपुवा न्युगिनीविरुद्ध प्रतिस्पर्धा गरेको हो । लिगका दुवै खेलमा नेपाल पपुवा न्युगिनीसँग पराजित भयो । लिग च्याम्पियनसिपको पहिलो भेटमा पपुवा न्युगिनीले २ विकेटले जितेको थियो । दोस्रो खेलमा पपुवा न्युगिनीले नेपाललाई ८ विकेटले हरायो ।
विश्वकप छनोटको समूह एमा पपुवा न्युगिनीले चारै खेल गुमाएको थियो । नेपालले चार खेलमा तीन हार र एक जित निकालेको थियो । समूह चरणमा जस्तो नतिजा बेहोरे पनि पपुवा न्युगिनी नेपालविरुद्ध जित निकाल्न आतुर छ ।
सुपर सिक्समा प्रवेश गर्न सफल स्कटल्यान्ड र युएईले तीनमध्ये दुई स्थान ओगटिसकेका छन् । अब नेपाल, पपुवा न्यु गिनी र हङकङमध्ये अग्रस्थानमा रहने टोलीले एक दिवसीय मान्यता प्राप्त गर्ने छ । नेदरल्यान्ड्सले यस अघि नै एक दिवसीय मान्यता प्राप्त गरिसकेको छ ।
आज नेपाल र नेदरल्यान्ड्सले आ–आफ्नो खेल जिते नेपालको एक दिवसीय मान्यता सुनिश्चित हुने छ । त्यस्तै आज नेपालले खेल हारेमा सो मान्यता पाउने मौका नेपालले गुमाउने छ । अर्को तर्फ, नेपालले आज खेल जिते र हङकङले नेदरल्यान्ड्सलाई पराजित गरे सातौं स्थानको प्ले(अफका लागि नेपालले फेरि हङकङलाई हराउनै पर्ने हुन्छ ।
मान्यता पाउँदाको फाइदा
एकदिवसीय मान्यता पाउनु भनेको अन्तर्रा्ष्ट्रिय क्रिकेटको अनुभव बटुल्नु हो । आइसिसीले डिभिजन–१ वा एकदिवसीय मान्यता पाएका राष्ट्रहरूलाई वार्षिक बजेट छुट्याएको हुन्छ । आइसिसीका अनुसार यस समूहमा रहने राष्ट्रले प्रतिवर्ष ७ देखि ८ करोड नेपाली रुपैयाँ प्राप्त गर्छ । आइसिसीले उपलब्ध गराएको बजेट स्तरीय प्रशिक्षक, विदेशमा अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा तथा नियमित प्रशिक्षणमा खर्च गर्नुपर्छ ।
यसैगरी, आइसिसीले आयोजना गर्ने विश्व क्रिकेट च्याम्पियनसिप, इन्टरकन्टिनेन्टल कप र एसिया कपजस्ता ठूला अन्तर्रा्ष्ट्रिय क्रिकेट प्रतियोतिगामा सहभागिता जनाउन अवसर पाउँछ । सातौँ स्थानका लागि हुने खेलबाट निर्णय हुने एसोसिएट राष्ट्र (पपुवा न्युगिनी)बाहेक हङकङ र नेपालमध्ये एकले एसिया कपमा प्रतिस्पर्धा गर्ने मौका पाउनेछ । एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानजस्ता टेस्ट मान्यताप्राप्त टोलीबीच प्रतिस्पर्धा हुनेछ । ४ वर्षको मान्यताप्राप्त राष्ट्र बन्दा आइसिसीले प्रत्येक महिना सार्वजनिक गर्ने एकदिवसीय वरीयतामा स्थान पाउनेछ । तर, एकैपटक ठूलो टोलीसँग प्रतिस्पर्धा गर्न नपाउने प्रचलन छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७