कांग्रेसका उम्मेदवार शर्माको निशुल्क स्वास्थ शिविर निर्वाचन आचारसंहिता विपरित


७ मंसिर २०७४, बिहीबार
Sunil Sharma

बेलबारी :  नेपाली कांग्रेसका उम्मेदवार डा. सुनील शर्माले सञ्चालन गरेको नोवेल अस्पताल विराटनगरमार्फत सञ्चालित निशुल्क स्वास्थ शिविर निर्वाचन आचारसंहिता विपरितको कार्य भएको ठहर गर्दै विशेष अदालतले शिविर रोक्ने आदेश दिएको छ ।Sunil Sharma
विशेष अदालतले यस अघि निर्वाचन आयोगले शिविर रोक लगाउन गरेको निर्णय विरुद्ध सुनील शर्माका बुबा तुलसीप्रसाद शर्मा न्यौपानेले उच्च अदालत पाटनमा जारी गरेको प्रेषणयुक्त परमादेशलाई बुधबार अदालतले खारेज गरेको हो । न्यायाधिसहरु नीता गौतम दिक्षित र हरिप्रसाद केसीको संयुक्त इजलासले न्यौपानेको परमादेश खारेज गर्दै   निर्वाचन आयोगले लगाएको रोकलाई सदर गरेको हाे ।
निर्वाचन आयोगमा परेको उजुरीपछि गत कार्तिक १८ गते निशुल्क स्वास्थ्य शिविर रोक्न आयोगले निर्देशन जारी गरेको थियो । तर सुनील आफुले अस्पतालको निर्देशक पदबाट राजीनामा दिइसकेको भन्दै पन्छिदै आएको र उनका बुबा तुलसीप्रसादमार्फत उच्च अदालतमा सो निर्देशन विरुद्ध प्रेषणयुक्त परमादेश जारी गरि पाउँ भनी रिट हालिएको थियो ।
छलफलका क्रममा रहेको भनेर अन्तरिम आदेशमार्फत यस अघि केही समय शिविर सञ्चालन गर्न दिइएपनि उच्च अदालतको फैसलाले त्यसलाई रोक लगाइदिएको अदालतको फैसलाले जनाएको छ ।
अस्पतालले सञ्चालन गरेको मेडिकल कलेजका विद्यार्थीका लागि प्राक्टिकल भन्ने निहुँ लगाएर २ महिनाअघि देखि सुनीलले आफ्नो निर्वाचन क्षेत्रभित्र निशुल्क स्वास्थ्य शिविरको नाममा भित्री रुपमा रुख चिन्हमा भोट मागेको कुरा बारम्बार टिकाटिप्पणी हुँदै आएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७