एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट


९ मंसिर २०७४, शनिबार
Udhav Thapa bolero

झापा : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमाबम विष्फोट भएको छ ।   शनिबार बिहान करिब ४ बजे दमक नगरपालिकाका प्रमुख रोमनाख ओली बस्दै आएको उक्त घरको मूल गेटमा बम विष्फोट भएको झापाका प्रहरी उपरीक्षक विष्णु केसीले बताए ।

Udhav Thapa bolero
झापा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यतर्फका कांग्रेस उम्मेदवार उद्धव थापाको क्षतिग्रस्त बोलेरो जिप ।

 मूल गेटमै थप एउटा शंकास्पद वस्तु फेला परेकाले नेपाली सेनाका बम डिस्पोजल टोली त्यसतर्फ प्रस्थान गरेको छ । विष्फोटबाट समान्य क्षति भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विष्फोट भएको छ । विष्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा७च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७