जब मेयर शाक्य मतदाता नउठ्दै सुनार बस्ती पुगे…


८ मंसिर २०७४, शुक्रबार
shakya 2

काठमाडौं: शुक्रवार बिहानै आफ्ना जनप्रतिनिधिलाई घर–आगनमा देख्दा काठमाडौंका सुनार बासिन्दा छक्क मात्रै परेनन् उत्साहित पनि देखिए । उनी थिए काठमाडौं महानगरपलिकाका मेयर विध्यसुन्दर शाक्य ।
सुनार बस्तीले यसरी भोटदिएर जिताएपछि पहिलो पटक आफ्नो घर आगनमा देखेको थिए आफ्नो प्रतिनिधि । यी बस्तीले उम्मेदवारलाई भोट दिए कुनैलाई त देख्न सम्म नपाएको गुनासो पनि छन् । पार्टीको चुनाव चिन्हकै भरमा भोट दिए । जिताए । भोट दिएर जिताएपछि अर्को चुनावसम्म देख्नै नपाएको पनि उनीहरूको गुनासो थियो ।

shakya 2
जब महानगरको मेयर आगनमा पुगे चकित परे । खुसीको झल्को प्रस्ट देख्न सकिन्थो सुनार वासीका मुहारमा । मेयरले केही कोसेली लिएर आयो की भन्ने उनीहरूमा आशाका त्यान्द्रा सलबलाएको हाउभाउले स्पष्ट देखाउँथ्यो । तर, मेयर शाक्य कोसेलीको पोको हैन फेरी भोट माग्न पुगेका थिए । पहिलेको भन्दा बिलकुल फरक थियोे सुरक्षा कर्मीसहित ।
सुनार बस्तीमा मेयर शाक्य मात्रै पुगेनन् काठमाडौँ क्षेत्र नम्बर–९ का वाम गठबन्धनका तर्फका प्रतिनिधिसभा उम्मेदवार कृष्णगोपाल श्रेष्ठ र प्रदेशसभा ‘क’का उम्मेदवार डा.अजयक्रान्ति शाक्य पनि सँगै थिए ।
मेयरलाई देख्दा अचम्म परेका सुनार वासी जब प्रतिनिधिसभा उम्मेदवार कृष्णगोपाल श्रेष्ठ र प्रदेशसभा ‘क’का उम्मेदवार डा.अजयक्रान्ति शाक्य देखे गुनासोका लहर फिज्याउन सुरु गरिहाले ।

shakya 1
एक व्यक्तिले चिन्ताको भावमा प्रस्तुत हुँदै भने, ‘तपाईँहरू यही चुनावभरी त होला नि हाम्रो घर–आँगनमा देखिने ?’ उनले भनिरहँदा स्पष्ट हुन्थ्यो पहिलेबाटै यस्तै अनुभवमात्रै सँगालेका रहेछन् ती वासिन्दाले । उनको कुरा सक्ने बित्तिकै मेयर जवाफ दिन नरम भएर मुस्कुराउँदै जवाफ दिए ।
‘तपाईँहरूले भोट दिएर जिताउनुभयो, यो ठाउँको विकास गर्नुहोस् भन्ने जिम्मेवारी मेरो काँधमा राखिदिनुभयो । अब म तपाईँहरूको घरदैलोमा नआएर कहाँ जाने ?’ मेयर शाक्यकै भनाइमा थप्दै कृष्णगोपालले पनि जनताको भोट पाएर जितेपछि जनतालाई कहिल्यै नविर्सिने प्रतिबद्धता जनाए ।
सबै दृश्यलाई निहालेका ९६ वर्षीय एक वृद्धले विकासबारे चासो राखे । साथै उनले एक पटक स्थायी सरकार बनेको देखेर मर्ने इच्छा रहेको पनि व्यक्त गर्दै घरदैलोमा पुगेका कृष्णगोपाल र डा.अजयक्रान्तिलाई जितको शुभकामना दिए ।
वृद्धामात्र होइन त्यो क्षेत्रका सबैले विकासका लागि प्रस्ट दृष्टिकोण भएको नेता चाहिएको विचार व्यक्त गरे । करिब दुई घण्टा कलंकी चोक, सन्तोषीनगर, सुनार गाउँलगायतका स्थानमा पुग्दा उस्तै प्रतिक्रिया मतदाताबाट पाए दुई उम्मेदवारसँगै मेयरले पनि ।
मेयर शाक्यले सोही क्रममा काठमाडौँ वडा–१४ सुनार गाउँ कलंकी मन्दिर छेउको ढलको समेत अवलोकन गरे । मेयरले उक्त ढल स्थानीयका लागि निकै ठुलो समस्या भएको बताउँदै तत्काल ढल मर्मत गर्न निर्देशन दिए । स्थानीयलाई विश्वस्त दिलाउँदै भने, ‘यहाँबाट भएन भने मलाई सम्पर्क गर्नुहोस्, तत्काल समाधान गर्नेछु ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७