नेपालले मलेसियालाई ३३ रनले हरायाे


८ मंसिर २०७४, शुक्रबार
nepali criket women

काठमाडाैं : आइसिसी महिला टी–२० विश्वकपको एसियाली छनोट मलेसियालाई ३३ रनले पराजित गर्दै पहिलो जित हात पारेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याउने क्रममा मलेसियाली महिला टोली निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ७५ रनमा मात्र बनाउन सके । मलेसियाकी इम्याइलिया इलियानीले सर्बाधिक २४ रन जोडिन्। त्यसबाहेक जियानी सायमिमीले १६ तथा दुरिसिंन्गमले ११ रन बनाइन्।nepali criket women

नेपालकी करुणा भण्डारीले ३ विकेट लिइन् भने सोनु खड्का, सरिता रानामगर, नेरी थापा र रितु कनौजियाले समान १–१ विकेट लिए।

त्यस अघि टस हारेर पहिले ब्याटिङ्ग गरेको नेपालले ओपनरद्धय ओपनरद्वय सिता राना मगर र ज्योति पाण्डेको अर्धशतकिय साझेदारीको मदतले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ८ बनाएको थियो।

१२.२ ओभरमा मस एलिसाले सरितालाई ३७ रनमा रनआउट पार्नुअघि यो जोडीले ६६ रनको साझेदारी गरेको थियो। त्यसबाहेक नेपालका लागि ज्योति पाण्डेले २१, काजोल श्रेष्ठले १४ रन जोडिन्। मलेसियाकी नुर एरिना नट्सया र जन्नादिहा हालिमले समान दुई दुई विकेट लिईन।

राउण्ड रोबिन आधारमा  भइरहेकाे प्रतियोगितामा नेपालको  चौथो खेलमा पहिलो जित हो। यसअघि सुरुवाती दुई खेल वर्षाले प्रभावित भएपछि नेपाल आयोजक थाइल्याण्ड र हङकङसँग अंक बाँडेकाे  थियाे । भने  त्यसबाहेक विहीबार भएको युइईसँगको खेल नेपालले ५ रनको झिनो अन्तरले गुमाएको थियो। नेपालले अब आइतबार अन्तिम खेलमा चीनको सामना गर्नेछ।

नेदरल्याण्डमा आगामी जुनमा हुने ग्लोबल क्वालिफयर्समा अंकतालिकाको शीर्ष दुई स्थानमा रहने टोली पुग्ने प्राबधान छ। ६ टोली सम्मेलित छनोटमा ४ अंक सहित चौथो स्थानमा पुगेको छ। तेस्रो स्थानको युएइको पनि समान ४ अंक भएपनि रनरेटका आधारमा उ नेपाल भन्दा अघि छ।

अ‌ंकतालिकाको पहिलो स्थानमा थाइल्याण्ड ७ र दास्रो स्थानमा हङकङ ५ रहेका छन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७