मौन अवधिमा चुनावीसभा गरेका देवयानी काठमाडौं लेखेटिए


८ मंसिर २०७४, शुक्रबार
devyani Rana
devyani Rana
फाइल तस्बिर ।

चौतारा  : वाम गठबन्धनका कार्यकर्ताले राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमशेर जबराकी छोरी देवयानीले सिन्धुपाल्चोकमा गरेको चुनावी सभामा अवरोध पु¥याएका छन् ।
बुबालाई चुनाव जिताउन केही दिनदेखि सिन्धुपाल्चोकमा खटिएकी देवयानीलाई मौन अवधिमा चुनावीसभा गरेको भन्दै अवरोध गर्दे आक्रमण गरेपछि काठमाडौं फर्किएकी हुन् । चुनावी सभाका देवयानी माथि पानीको जार प्रहार गरेको प्रत्यक्षदर्शीले बताए । तर पानीको जारले देवयानीलाई लाग्न पाएन ।
शुक्रबार विहान चौतारा नगरपालिकाको कल्लेरीस्थित कांग्रेस नेता यज्ञप्रसाद दंगालको घरमा स्थानीय भेला गरेका देवयानीलाई वामपन्थी कार्यकर्ताले आक्रमण प्रयास गरेपछि सुरक्षाकर्मीले स्कर्टिङ गरेर काठमाडौं आइन् ।
उनलाई तत्कालै लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले भगाएर सशस्त्र प्रहरीले स्कर्टिङ गरि सैनिक क्याम्पमा राखेको थियो । त्यहाँ पनि वामपन्थी कार्यकर्ताले नाराबाजी गरेपछि उनलाई सुरक्षा सहित काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
देवयानी तत्कालिन युवराज दिपेन्द्रकी प्रेमिका रुपमा चर्चित छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७