मतको हिसाबले प्रदेश नम्बर २ मा एमाले दोस्रो


१० आश्विन २०७४, मंगलवार
CPN UML office

काठमाडौं : मतको हिसाबले नेकपा (एमाले) प्रदेश नम्बर दुईमा दोस्रो ठुलो शक्ति बनेको छ ।  स्थानीय तह निर्वाचन अन्तर्गत प्रदेश नं २ को निर्वाचनमा प्रमुख पदमा १८ तह जित्दै पाँचौं दल बनेको एमाले मत प्राप्तीको हिसाबले भने दोस्रो शक्ति बनेको हो ।

प्रदेश नं २ का आठ जिल्लाका १३६ स्थानीय तहमा १ हजार २७१ वडामा ६ हजार ६२७ पदका लागि भएको निर्वाचनमा १२९ तह र १ हजार २१२ वडाका ६ हजार २५१ पदको नतिजा आइपुग्दा यस्तो नतिजा देखिएको हो ।

CPN UML office

१. कांग्रेस १ हजार ६२२
बाह्रखरी अनलाइनका अनुसार, निर्वाचन आयोगले उपलब्ध गराएको १२९ तह र १ हजार २१२ वडाको नतिजाअनुसार पहिलो दल रहेको कांग्रेसले अध्यक्ष/प्रमुखमा ३७, उपप्रमुख/उपाध्यक्षमा ३२, वडा अध्यक्ष ३२०, खुल्ला वडा सदस्य ६२८, महिला सदस्य ३०३ र दलित महिला सदस्यमा ३०२ उमेदवार गरी १ हजार ६२२ उमेदवार विजयी भएका छन् ।

२. एमाले १ हजार २२१
त्यसैगरी नेकपा एमालेले अध्यक्ष/प्रमुखमा १८, उपप्रमुख/उपाध्यक्षमा १९, वडा अध्यक्ष २२४, खुल्ला वडा सदस्य ४७५, महिला सदस्य २४४ र दलित महिला सदस्यमा २४१ उमेदवार गरी १ हजार २२१ उमेदवार विजयी भएका छन् ।

३. माओवादी १ हजार ९९
समग्र तथ्यांकमा माओवादी केन्द्र तेस्रो स्थानमा रहे पनि अध्यक्ष/प्रखुममा २१, उपप्रमुख/उपाध्यक्षमा २४, वडा अध्यक्ष २२३, खुल्ला वडा सदस्य ४११, महिला सदस्य २१३ र दलित महिला सदस्यमा २०७ उमेदवार गरी १ हजार ९९ उमेदवार विजयी भएका छन् ।

४. राजपा १ हजार ६० 
अध्यक्ष/प्रखुममा २४ तह  जित्दै दुई नम्बर प्रदेशमा तेस्रो दल बनेको राजपाले समग्रमा १ हजार ६० पदमा जित हाँसिल गर्दै चौथो बनेको छ । उसले उपप्रमुख/उपाध्यक्षमा २८, वडा अध्यक्ष १८७, खुल्ला वडा सदस्य ४१७, महिला सदस्य २०३ र दलित महिला सदस्यमा २०३ उमेदवार गरी १ हजार ६० उमेदवार विजयी भएका हुन् ।

५. संघीय समाजवादीका ९६३ उमेदवार विजयी 

प्रमुख/अध्यक्षमा २४ स्थानमा जित हासिल गर्दै दुई नम्बर प्रदेशमा दोस्रो दल बनेको संघीय समाजवादी फोरम समग्रमा पाँचौं दलमा पुगेको छ । उसले उपप्रमुख/उपाध्यक्षमा २३, वडा अध्यक्ष १७४, खुल्ला वडा सदस्य ३६४, महिला सदस्य १९१ र दलित महिला सदस्यमा १८७ उमेदवार गरी ९६३ उमेदवार विजयी भएका हुन् ।

यसरी समग्र नतिजा हेर्दा कांग्रेस पहिलो दल नै रहेपछि अन्य दलको हैसियत फरक देखिएको छ । यसबाहेक नेपाल लोकतान्त्रिक दल, नेपाली जनता दल, नयाँ शक्ति पार्टी, स्वतन्त्र उमेदवार पनि केही स्थानमा विजयी भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७