यसरी मतदान गर्ने


८ मंसिर २०७४, शुक्रबार
matpatra 1

काठमाडौं: प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।matpatra 1

निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् । सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो ।

आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् । रातो रङको मतपत्र समानुपातिकतर्फ मतदान गर्नका लागि हो । यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि दलको निर्वाचन चिह्न समावेश हुनेछ । सोही पानाको तल्लो भागमा प्रदेशसभातर्फका दलको निर्वाचन चिह्न समावेश हुनेछ । दलहरूले एउटै पानामा प्रतिनिधिसभा र प्रदेश सभातर्फ आफूले रोजेको दलको चुनाव चिह्नमा समानुपातिक मत खसाल्नेछन् । यसरी तीनवटा मतपत्रमार्फत चारपटक मतदान गर्नुपर्नेछ ।

१० मंसिरमा पहिलो चरणमा हुने निर्वाचनका लागि ३२ जिल्लामा २ हजार ९१९ मतदानस्थलअन्तर्गत ४ हजार ४६५ मतदान केन्द्र तोकिएका छन् । ती मतदान केन्द्रबाट ३१ लाख ९१ हजार ९४५ मतदाताले मतदान गर्न पाउनेछन् ।आजको नयाँ पत्रिकामा समचार  छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७