मर्केल चौथोपटक जर्मन चान्सलरमा निर्वाचित


१० आश्विन २०७४, मंगलवार
Angela Merkel

काठमाडौं : एन्जेला मर्केल चौथोपटक जर्मन चान्सलर बनेकी छिन् । आइतबार सम्पन्न संघीय निर्वाचनमा क्रिस्चियन डेमोक्रेटिक युनियन (सिडियु) सर्वाधिक ३३.२ मत पाएपछि मर्केल चौथोपटक चान्सलरमा निर्वाचित भएकी हुन् ।

सत्ता साझेदार पार्टी एसपिडीले निर्वाचनमा १३.१ प्रतिशत मात्र मत पाएको छ । चान्सलरका लागि निर्वाचित भए पनि मर्केलले सरकार गठनका लागि अर्को राजनीति दलको सहयोग लिनुपर्नेछ ।

Angela Merkel

विश्लेषकहरूले सिडियुले ७० वर्षको इतिहासमा सबैभन्दा थोरै मत ल्याएको बताएका छन् । मर्केलले अन्य पार्टीको गठबन्धन सरकार बन्न नसक्ने दाबी गरेकी छिन् । ‘जनताको हामीलाई बहुमत छ, यसकारण अरू पार्टीको सरकार बन्ने सम्भावना नै छैन,’ उनले भनिन्, ‘हामी नै सबैभन्दा शक्तिशाली पार्टी हो ।’ मर्केललाई आउँदा दिनमा १० लाखभन्दा आप्रवासीलाई व्यवस्थापन गर्नुपर्ने चुनौती छ । यसैगरी उनलाई युक्रेनसँगको सम्बन्ध विस्तारपनि गर्नुपर्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७