वाम उम्मेदवार जयकुमार राईको घरमा विस्फोट


७ मंसिर २०७४, बिहीबार
Dharan jaya kumar rai bomb blast 2 1

धरान : सुनसरी क्षेत्र नं १ बाट प्रतिनिधि सभामा बाम गठबन्धनका साझा उम्मेदवार जयकुमार राईको निवासमा बिहीबार साँझ वाम विस्फोट गराइएको छ ।  धरान १५ भानुमार्गस्थित राईको निवासमा अज्ञात व्यक्तिले साँझ करिब ६ बजेतिर विस्फोट गराएको हो ।Dharan jaya kumar rai bomb blast 2 1

सडकसँगै जोडिएको घरको कम्पाउण्ड वालभित्र आगनमा फालेको बम विस्फोट हुँदा ठुलो क्षति नभएपनि उम्मेदवारहरुको सुरक्षाको विषयमा गम्भीर प्रश्न खडा भएको छ । राज्यले सुरक्षा दिन नसकेको तथा काँग्रेस र विप्लव समूह मिलेर वाम गठबन्धन लक्षित आक्रमण भइरहेको आरोप लगाइरहदा बिहीबार साँझ धरानमा पनि बाम उम्मेदवारको निवासमा विस्फोट गराइएको हो । विस्फोटबाट ठुलो क्षति नपुगे पनि विस्फोटसँगै ढुङ्गा, माटो उछिटिएर घरमा लागेको परिवारका सदस्यहरूले जनाएका छन् ।
यस्तै आगनमा राखिएको टेलब र कुर्सीमा पनि सामान्य क्षति पुगेको छ । घटनाको समयमा घरभित्र रहेकी उम्मेदवारका भतिजि विश्वसम राईले एक्कासि ठुलो आवाजमा पड्किएको बताइन् । साथै, एक प्रत्यक्षदर्शी महिलाले २ जना व्यक्ति एक स्कुटरमा आएर बम फालेको बताएको पनि उनले बताइन् ।
‘२ जनाले नै हेल्मेट लगाएको आएको रहेछ, स्कुटी पनि रोक्दै नरोकी बम फालेर गएको थियो रे,’प्रत्यक्षदर्शीको भनाई उदृत गर्दै उनले भनिन् ।
घटनाको सूचना पाएलगत्तै ठुलो सङ्ख्यामा प्रहरी घटनास्थल पुगेको थियो । इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी रामेश्वर पौडेलले घटनस्थलमा प्लाष्टिकको पाइपका टुक्राहरु फेला परेकोले पाइप बम पड्काएको आशंका  गरे।‘पाइप बम हुनसक्छ, घटनाको विस्तृत अनुसन्धान भइरहेको छ,’डिएसपी पौडेलले भने । उम्मेदवार राईले घटनाको समयमा आफू घरमा नभएको बताए ।
यद्यपि उनले यस्तो घटनाले आफूलाई विचलित नपार्ने बताउँदै व्यक्ति वा उम्मेदवार लक्षित आक्रमण गर्नु ज्यादै घृणित कार्य भएको भन्दै तीव्र विरोध पनि जताए । निर्वाचन प्रक्रियाबारे विमति भए राज्यसँग वा सम्बन्धिन निकायमा जान भन्दै उम्मेदवार राईले राज्यले उम्मेदवार र हरेक व्यक्तिको सुरक्षाको ग्यारेष्टी गर्न पनि माग गरे । उम्मेदवार राई सुनसरी निर्वाचन क्षेत्र नं १ मा वाम गठबन्धनका साझा उम्मेदवार हुन् ।
Dharan jaya kumar rai bomb blast 2

Dharan jaya kumar rai bomb blast 3

Dharan jaya kumar rai bomb blast 4

Dharan jaya kumar rai bomb blast 1

Dharan jaya kumar rai bomb blast 5

 Dharan jaya kumar rai bomb blast 7

Dharan jaya kumar rai bomb blast 8

Dharan jaya kumar rai bomb blast 9

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७