‘वाम तालमेलको लागि माओवादी तयार रहे एमाले तयार छ’


१० आश्विन २०७४, मंगलवार
Madhav kumar nepal

चितवन, १० असोज :  नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले संघ र प्रदेशको निर्वाचनमा वामपन्थी तालमेल आवश्यक रहेको बताए । प्रेस चौतारी नेपाल, चितवन शाखाले मंगलबार गरेको पत्रकार सम्मेलनमा उनले एउटै दलले मात्रै बहुमत ल्याएर सरकार चलाउने अवस्था नरहेकाले अबको निर्वाचनमा वाम तालमेल आवश्यक रहेको बताए ।

Madhav kumar nepal

वामपन्थी तालमेलका विषयमा नेकपा (माओवादी केन्द्र) तयार रहे एमाले तयार रहेको उनले बताए । केन्द्रस्तरबाट नै तालमेल हुनुपर्ने बताउँदै नेता नेपालले केन्द्रबाट सम्भव नभए स्थानीयस्तरबाट पनि तालमेल गर्नुपर्ने बताए । नेपाली काँग्रेस र माओवादी केन्द्रबीच तालमेल भए एमाले एक्लै निर्वाचनमा जाने उनले बताए ।

फरक प्रशंगमा उनले प्रदेश नं २ मा मत र वडाध्यक्षको हिसाबले एमाले दोस्रो शक्ति रहेको दाबी गरे । प्रमुख र उपप्रमुखको हिसाबले आफूहरु तल रहेको भएपनि २ नं प्रदेशमा समग्रमा एमाले दोस्रो भएको बताए ।  भने, “समग्रमा निराशाजनक छैन ।” पार्टीको आन्तरिक कमीकमजोरी, सरकारी बदमासी र अन्य दलको गठबन्धनका कारण २ नं प्रदेशमा एमाले पछि परेको पनि बताए ।

उनले भने काठमाडौँ वा रौतहटमध्ये एक ठाउँबाट आफू उम्मेदवार बन्ने बताए । भने, “जहाँका जनताले माया गर्छन् त्यहीँबाट निर्वाचन लड्छु ।” स्थानीय तहको निर्वाचनको समयमा भएका कमीकमजोरीका कारण खोज्दै अघि बढ्ने नेता नेपालको भनाइ थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७