काठमाडौं महानगरले सुरु गरे १ सय १५ विकासे कार्यक्रम


७ मंसिर २०७४, बिहीबार
IMG 20171123 154613

काठमाडौं: काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वर्षात् सकिएसँगै विकास निर्माणको कामले गति लिएको बताएका छन् । उग्रतारा महिला तथा बाल विकास केन्द्रको काठमाडौँ वडा २५ ढोका बहालमा उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

IMG 20171123 154613

‘वर्षात् सकिएसँगै काठमाडौं को विकास निर्माणको कामले गति लिएको छ,’ उनले भने, ‘हामीले अहिले काठमाडौँको विकास निर्माणका लागि १ सय १५ वटा कार्यक्रम द्रुत गतिमा अघि बढाएका छौँ । त्यसका लागि एक अर्ब भन्दा बढीको बजेट विनियोजन भएको छ ।’
उनले आफूलाई जनताले मेयर निर्वाचित गरेको भन्दै २४ सै घण्टा जनताको काम गर्न तयार रहेको पनि दाबी गरे । ‘जीवन्त, सुन्दर र समृद्ध सहर बनाउने मेरो योजना निरन्तर अघि बढेको छ,’ उनले भने, ‘मेलम्ची खानेपानी निर्माण, निर्माण सामाग्री जथाभावी राख्ने जस्ता कारणले अझै हामीले सुन्दर सहर बनाउन सकेका छैनौँ । अब हामी यसमा ध्यान दिन्छौँ ।’
उनले जथाभावी रूपमा सडकमा राखिएका निर्माण सामाग्रीको व्यवस्थापन गर्न आग्रह पनि गरे । ‘निर्माण सामाग्री व्यवस्थित गर्ने कुरामा निजी घरधनी र व्यवसायी आफैँले ध्यान दिने हो भने राजधानी ‘नो मास्क सिटी’ बन्न कुनै समय लाग्दैन,’ उनले भने ।
शाक्यले थानीय विकासका सन्दर्भमा देखिएका समस्या समाधानका लागि जनताले बोलाए जुनसुकै बेला पनि आफू उपस्थित हुने पनि उनले बताए । ‘तपाईँहरूले धेरे अपेक्षा गरेर मलाई निर्वाचित बनाएर पठाउनु भएको छ । मनको कुरा मनमै राख्नुभयो भने मलाई थाहा हुँदैन,’ उनले भने, ‘यो काम गर्नुहोस् भनेर तपाईँहरू आउनुहोला । विकास निर्माणका लागि मलाई सम्झिनुहोला म जुनसुकै बेला तयार छु ।’
कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर–७ का वाम गठबन्धन तर्फका उम्मेदवार रामवीर मानन्धरले वाम गठबन्धनको सरकार बनेपछि शिक्षा, स्वास्थ्य, रोगारीको ज्ञारेण्टी हुने दाबी गरे । ‘स्थानीय तहमा एमालेको नेतृत्व छ,’ उनले भने, ‘प्रदेश र सङ्घमा वाम गठबन्धनलाई विजयी बनाएर पठाउनु होला । तपाईँहरूको विकासका सपना पूरा हुनेछन् ।’ कार्यक्रममा काठमाडौँ क्षेत्र नम्बर–७ प्रदेशसभा ‘क’ का वाम गठबन्धन तर्फका उम्मेदवार वसन्त मानन्धरले पनि वामगठबन्धलाई विजयी बनाउन आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७