जित सुनिश्चित छ : कोषाध्यक्ष यादव


७ मंसिर २०७४, बिहीबार
vijaya yadav

काठमाडौं: सङ्घीय समाजवादी फोरम नेपालका कोषाध्यक्ष एवम् सिरहा प्रदेशसभा २ ‘क’ का प्रत्यक्ष तर्फका उम्मेदवार विजय यादवले मधेसी जनताको भावना अनुसार मधेस गठबन्धन जित सुनिश्चित भएको बताएका छन् ।
बिहीबार सिरहमा चुनावीसभा प्रचाप्रसार कार्यक्रममा यादवले यस्तो भनेको हो । समाजवादी फोरम नेपाल र राजपा प्रदेशसभाका साझा उम्मेदवार यादवले मधेसी जनताको इच्छा अनुरूप चुनावी गठबन्धन बनेकाले मधेसी जनता उत्साहित भएको बताए ।

vijaya yadav
२०७० सालको निर्वाचनमा मधेस केन्द्रित दलहरू एक्लाएक्लै जनतामा गएको भए पनि हाल सबै दल मिलेर एकसाथ चुनावमा लागेकाले मधेसी जनता उत्साहित भएको यादवले बताए । ‘मधेसी गठबन्धनले गर्दा मेरो जित सुनिश्चित भएको छ,’ यादवले भने, ‘यसपटकको चुनावमा मधेसका लागि लड्ने दलहरू सबै एक भएका छौँ । मधेसी जनता पनि जहाँ फोरम नेपालका उम्मेदवार छन् त्यहाँ मसालमा भोट हाल्न र जहाँ राजपाका उम्मेदवार छन् त्यहाँ छातामा भोट हाल्नका लागि उत्साहित भएका छन् ।’
‘त्यसैले यो बाम गठबन्धन भनेको जनता ठग्नका लागि मात्रै गरिएको गठबन्धन हो भन्ने कुरो मधेसी जनताले बुझिसकेका छन्,’ यादवले भने, ‘मधेसलाई देख्नै नसक्ने केपी ओलीसँग प्रचण्डको गठबन्धन भएकोले त्यसबाट माओवादीका समर्थकहरु पनि हाम्रो पार्टीमा प्रवेश गर्न थालेका छन् ।’
उनले हाल चुनावमा भोट बदर नहुने गरी मतदान गर्ने तरिकाबारे जनतालाई सिकाइरहेको समेत बताए । ‘हामीलाई प्राप्त हुने भोट बदर नहोस् भन्नेमा हामी सचेत छौँ,’ उनले भने, ‘यसका निम्ति हामीले सही तरिकाले भोट हाल्ने तरिका समेत सिकाइरहेका छौँ ।’

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७