यसो भन्छन् प्रधानमन्त्री देउवा बारे डडेलधुरा वासी


७ मंसिर २०७४, बिहीबार
PM Sher Bahadur Deuba 4

काठमाडौं: डडेल्धुरा र बैतडी जिल्लाको सिमाना पर्ने बजार अनारखोली हो । बजारबाट पश्चिम तर्फ जाने अनारखोली भुल्कुडा देवल ग्रामीण सडक निर्माण भएपछि स्थानियवासी दङग छन् ।

PM Sher Bahadur Deuba 4
आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचन नजिकिँदै गएको छ । डडेलधुराबाट ५ पटक निर्वाचित भैसकेका प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबाहादुर देउवा यो पटक पनि विरासत जोगाउने दाउमा छन् । प्रधानमन्त्री देउवाको क्षेत्र काँग्रेसका गण हुन् । तर, यसपालि भने एमाल—माओवादीको वाम गठबन्धनले काँग्रेसलाई चुनाव जित्न त्यति सजिलोे देखिँदैन । केही अफ्ठ्यारा छन् ।
स्थानीय तहका आधारमा हेर्ने हो भने नेपाली काँग्रेस एमाले र माओवादीको कुल मतभन्दा ८ हजार ३३७ ले पछि परेकोछ । (अध्यक्ष र प्रमुखका आधारमा) काँग्रेसले १९ हजार ५२३ मत पाएको थियो । एमालेले १६ हजार ९१५ र माओवादीले १० हजार ९४५ मत ल्याएको थिए । एमाले र माओवादीको मत जोड्दा २७ हजार ८६० पुग्छ, जबकि काँग्रेसको १९ हजार मात्रै छ ।
सरसर्ती हेर्दा देउवाले स्थानीय चुनावमा एमाले र माओवादीलाई मतदान गरेका करिब ४ हजार मतदाताको मत आफ्नो पक्षमा पार्नुपर्ने हुन्छ । उसो त डडेल्धुरामा ६ हजार ८ सय ४ जना मतदाता थपिएका छन् । तर, थपिएका यी सबै मतदाता काँग्रेसका मात्रै होइनन् ।
हुन त प्रधानमन्त्री देउवा बहुदलीय व्यवस्था पुर्नस्थापनायता संसदीय निर्वाचनमा अपराजित रहँदै आएका नेता हुन् । उनी गृह जिल्लाबाट अहिलेसम्म चुनाव हारेका छैनन् । ०४८ यताका सबै निर्वाचनमा देउवाले यहीँबाट चुनाव जित्दै आएका छन् । देउवाले डडेल्धुराबाट आफ्ना प्रतिद्वन्द्वीलाई भारी मतान्तरले पराजित गर्दै आएका छन् । अहिले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा एउटा मात्र निर्वाचन क्षेत्र छ ।
०५१ सालको मध्यावधि चुनावका बेला काँग्रेस दोस्रो दल बन्दा यात ०६४ मा देशैभर माओवादीको चर्चा हुँदा पनि देउवाको विजयीमा कसै तगारो बन्न सकेन्न् । ०४८, २०५१ र ०५६ को प्रतिनिधिसभा एवं ०६४ र ०७० को संविधानसभा निर्वाचनमा चुनिँदै देउवाले ०४८ यताका सबै निर्वाचन जित्ने नेताका रूपमा रेकर्ड कायम राख्न सफल भएका छन् ।
उक्त क्षेत्रको बारे हामीले बुझ्ने प्रयास गर्‍यौं । सबै भन्दा उत्तम मतदाताको प्रतिकृया ठान्यौं । त्यसै अनुरूप हामीले स्थानियवासी भागरथीदेवी बोहरसँग जिज्ञसा राख्दा उनले भनिन्, ‘हाम्रो पायक पर्ने बजार अनारखोली हो । त्यहाँबाट गहुँ चामल, खाद्यान्न सामग्री, विवाहका सामानहरू वा निर्माण सामग्री लगायत अन्य विभिन्न सामान बोक्नु पर्ने काम गर्न हामीलाई धेरै दुख थियो अहिले त्यो पिडाबाट मुक्त भएका छौँ ।’
६ औँ पटक प्रतिनिधिसभा सदस्यको लागि उत्रेका प्रधानमन्त्री शेरबहादुर देउवाका बारेमा उनले भनिन्, ‘हामीलाई देउवाजीको मात्र विश्वास छ जसले विकाशका बाँकी कामहरू पूरा गर्न सक्नुहुन्छ ।’ स्थानीय वासीले अनारखोलीबाट १८ किलोमिटर लामो सडक धुलाम्य भए पनि जनताले राहत पाएका छन् । अनारखोलीबाट बजकोट जाने सडक र देवलदिव्यपुर र चिपुरको बिचमा पर्ने दूधपोखरीसम्म सडक पुगेकोले ठुलो राहत पाएका स्थानीयवासी बताउँछन् । पूर्व चिपुर गाउँ विकास समितिका उपाध्यक्ष रामबहादुर विष्टले यस क्षेत्रमा बाँकी रहेको काम पनि देउवाले मात्रै पूरा गर्नसक्ने बताउँछन् ।
स्थानीयले प्रधानमन्त्री देउवाले यसअघि बाचा गरेका कामहरू पुरा गरेको बताए पनि केही अधुरा रहेको काम पूर्णताका दिनेमा स्थानियवासी देउवाप्रती विश्वस्त रहेका छन् । क्षेत्र नं.१ का उम्मेदवार भट्टले दिएको जानकारी अनुसार स्थानीयले नेपाली काँग्रेसको विकासको नीति र प्रजातन्त्र पुर्नबहाली पश्चातका अवधिमा गरेका विकासका प्रयास, सशस्त्र द्वन्द रूपान्तरणका लागि खेलेको भूमिका प्रति सकारात्मक रहेकोले पनि जनता अब भ्रममा पर्ने अवस्था नरहेको बताउँछन् ।
डडेलधुरामा चमत्कारी विकास नभए पनि जनताका न्यूनतम आवश्यकता र आकांक्षाहरुलाई सम्बोधन गरिएको स्थानीय निर्मला बोहराले बताउँछन् । ‘हाम्रो क्षेत्रमा सडक नपुग्दा साह्रै समस्याहरू थिए आजभोली सरर गाडीमा जान्छौं काम भ्याएर फर्किन्छौं समयको पनि बचत शारीरिक रूपमा पनि कष्ट भएन आनन्द छ तर अझै पनि यहाँका केही आवश्यकताहरुलाई देउवाजीले बुझिदिनु पर्दछ ।’ सभापति मल्लसंग उनले आग्रह गरे ।
सडक सुविधाको पहुँच सँगै सामान बोक्ने बाध्यताको अन्त्य भए पनि अजयमेरु गाउँपालिकाका लेक साईड वडा नं. १, २, ३ र ४ का दुर्गम बस्तीको केही घरधुरीहरुमा बिजुली, खानेपानी, स्वास्थ्य सेवा सुविधाको अभाव रहेकोले स्थानीयवासिहरुले उम्मेदवारलाई यस क्षेत्रमा विशेष ध्यान दिन अनुरोध पनि गरेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७