अदालतकाे महत र ढकालसँग एक-एक करोड माग


७ मंसिर २०७४, बिहीबार
Lumbadhoj Umesh

काठमाडौं: विशेष अदालतले कर फस्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसँग एकरएक करोड रुपैंया धरौटी माग गरेको छ । उनीहरुमाथि कर फस्यौंटका क्रममा अनियमितता गरेको आरोपमा १० अर्ब ९६ करोड रुपैंयाँका दरले विगो र जरिवाना माग गरी भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।Lumbadhoj Umesh

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मीसहित सदस्यहरु द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले दुई जनासँग एकरएक करोड रुपैंयाका दरले धरौटी माग्ने आदेश भएको जानकारी प्रवक्ता नगेन्द्रकेशरी पोखरेलले दिए । भ्रष्टाचार मुद्दाका अर्का प्रतिवादी चुडामणि शर्मा भने अहिलेसम्म अदालतमा उपस्थित भएका छैनन् ।

गत असारको अन्तिम साता अख्तियारले कर निर्धारणमा अनियमितता गरेको आरोपमा आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मासहित ३ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । अख्तियारले शर्मासहित कर फस्यौंट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालविरुद्ध १० अर्ब ९६ करोड विगो मागदावी गर्ने निर्णय गरेको हो ।

बिगो र जरिवाना मागदावी गरेको कुल रकम जोडदा त्यसको आकार झण्डैं ३३ अर्ब रुपैयाँको हाराहारीमा पुग्छ । राजस्व चुहावटको आरोप प्रमाणित भए बिगो र त्यसको दोब्बर जरिवाना माग दावी गर्न पाउने कानुनी व्यवस्था छ । अख्तियारले करिव ४५ वटा फाइलहरुमाथि भएको अनुसन्धानमा प्रत्येक पदाधिकारीहरुलाई करिव ३ अर्ब ६५ करोड रुपैंयाको हाराहारीमा बिगो मागदावी लिएको हो ।

त्यसको दोब्बर बराबर जरिवानाको माग गर्दा हरेक पदाधिकारीहरुको भागमा झण्डैं ७ अर्ब रुपैंया जरिवाना मागदावी हुने देखिन्छ । आयोगका हरेक पदाधिकारीले विगो र दोब्बर बराबरको जरिवाना गर्दा हरेकमाथि १० अर्ब ९६ करोड रुपैंयाको मागदावी छ ।कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७