७ वर्ष जेल बसेपछि पुन निर्दोष साबित


७ मंसिर २०७४, बिहीबार
jell जेल

रुकुम: साबिकको भलाक्चा तथा अहिलेको मुसीकोट नगरपालिका–११ का द्रोण पुनको २०६७ मा हत्या भयो । हत्यामा संलग्न आरोपमा मुसीकोट नगरपालिका ११ कै किरण केसी र १२ का पूर्णबहादुर ओली समातिए ।jell जेल

उनीहरुविरुद्ध कर्तव्य ज्यान मुद्दामा जन्मैदको फैसला भयो । रुकम जिल्ला अदालतले २०६९ असा १९ मा दुवैलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गर्यो । उनीहरु जिल्ला अदालतको फैसला पुनरावलोकनका लागि पुनरावेदन अदालत तुलसीपुर पुगे ।

जिल्ला र पुनरावेदन अदालतको फैसला अनुसार जन्मकैद भुक्तान गरिरहेका ओली र केसी लामो समयपछि निर्दोष साबित भएका छन् । सर्वोच्चको मंगलबारको फैसलाअनुसार अहिले दुवै जेलमुक्त भइसकेका छन् ।

ओली ७ वर्षपछि निर्दोष साबित भए भने कसीले ५ वर्ष कैद भुक्तान गरिसकेपछि निर्दोष भएको फैसला आयो । कान्तिपुर दैनिकमा समाचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७