कांग्रेसले राजपा र संघीय फोरम गठबन्धन अझै कस्ने


७ मंसिर २०७४, बिहीबार
04052016033149ANG 0251

काठमाडौं: वाम गठबन्धनको आक्रामक चुनाव तयारी चिर्न कांग्रेसले लोकतान्त्रिक गठबन्धन अझै कस्ने भएको छ।
प्रदेश २ को चुनावका लागि उसले राजपा र संघीय फोरमसँग गठबन्धन तयारी गरेको हो। राजपा र फोरम यसअघि नै चुनावी गठबन्धनमा सामेल छन्।04052016033149ANG 0251

कांग्रेसले राजपासँग चुनावी गठबन्धनका लागि दस्ताबेजको मस्यौदा अध्ययनका लागि पठाइसकेको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले त्यसलाई अध्ययन गरेपछि कांग्रेस(मधेसवादी गठबन्धनको औपचारिक घोषणा हुनेछ।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट स्रोतका अनुसार पार्टीले नेता विमलेन्द्र निधि र मीनेन्द्र रिजालको अगुवाइमा मधेसवादी दलसित चुनावी गठबन्धन गर्न औपचारिक प्रस्ताव पठाएको हो। निधि स्वास्थ्यलाभका लागि काठमाडौं आएका छन्। प्रदेश २ को चुनाव मंसिर २१ मा हुने भएकाले रिजाल त्यसअघि मोरङको आफ्नै चुनावी क्षेत्रमा व्यस्त हुनेछन्।

विराटनगरबाट अन्नपूर्णसँग नेता रिजालले लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिने प्रयासस्वरूप मधेसकेन्द्रित दलहरूसँग कुरा भइरहेको खुलाए। ‘लोकतान्त्रिक गठबन्धनलाई बृहत् स्वरूप दिन राजपालगायत साथीहरूसित प्रयास भइरहेको छ,’ रिजालले भने, ‘हामी यसलाई ठोस स्वरूपमा ल्याउन कुराकानी गरिरहेका छौं।’ प्रधानमन्त्रीका सल्लाहकार दिनेश भट्टराईले क्षेत्रीय स्तरमा कार्यगत एकता प्रयास भइरहेको बताए।आजको अन्नपुर्णमा समचार छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७