कराते टोली जापान प्रस्थान


६ मंसिर २०७४, बुधबार
karate 3

काठमाडौं: कराते सिरिज ए- २०१७ मा सहभागी हुन १३ खेलाडी सहितको नेपाली टोली बुधबार जापानको ओकिनावा प्रस्थान गरेका छन् ।karate 3

पुरुषमा ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्णधारी विनोद शाक्य गुबाजु, जनकसिंह खड्का, गगन पुन, विजय लामा, हेमबहादुर तामाङ, दिगम्बरप्रसाद पन्त, सोनाम लामा, राम तामाङ र लक्ष्मण तामाङले प्रतिस्पर्धा गर्नेछन् । सागका स्वर्णधारी विनोदले प्रशिक्षकको भूमिका पनि निर्वाह गर्नेछन् ।karate 4

महिलामा सुस्मिता तमाङ, सुनीता महर्जन, अर्मिला डिसी र रोजी ओझा सहभागी हुनेछन् । टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले एक कार्यक्रमबीच बिदाइ गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७