पाख्रिनको पार्थिव शरीरमा ओली र प्रचण्डले ओढाए पार्टीको झण्डा


६ मंसिर २०७४, बुधबार
Khushi ram pakhrin singer

चितवन: जनगायक खुसी राम पाख्रिनको पार्थिव शरीरमा वाम गठबन्धनका शीर्ष नेताहरूले श्रद्धाञ्जली अर्पण गरेका छन् । बुधवार दिउँसो भरतपुरको केन्द्रीय बस टर्मिनलमा वाम गठबन्धनको वृहत् जनसभामा गीत गाउँदै गर्दा स्वास्थ्यमा समस्या आएपछि उपचारका क्रममा मङ्गलवार दिउँसो पाख्रिनको मृत्यु भएको थियो ।Khushi ram pakhrin singer

अन्त्येष्टि अघि माओवादी केन्द्रको जिल्ला पार्टी कार्यालयमा पाख्रिनको शवलाई श्रद्धाञ्जलीका लागि राखिएको थियो ।श्रद्धाञ्जली कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट पार्टीको झण्डा ओडाएका थिए ।

कार्यक्रममा माओवादी नेता रामबहादुर थापा, अमिक शेरचन, नारायण दाहाललगायतका नेता कार्यकर्ताको उल्लेख्य सहभागिता रहेको थियो । श्रद्धाञ्जलीसभामा माओवादी नेता सूर्य सुवेदीले पार्टीको तर्फबाट शोक बक्तव्य पढेर सुनाएका थिए ।माओवादी पार्टी कार्यालयमा पाख्रिनप्रति श्रद्धाञ्जली अर्पण गर्न ठुलो सङ्ख्यामा शुभेच्छुकहरुको उपस्थिति रहेको छ । श्रद्धाञ्जलीको लागि आज केही बेर पार्टी कार्यालयमा राखिने र आजै अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ ।

गीतबाट प्रचण्ड बाबुरामलाई रुवाएका जनगायक खुशीराम अस्ताए (भिडियोसहित)

प्रकाश दाहालको श्रद्धाञ्जलीसभामा गीत गाउँदागाउँदै पूर्वसांसद पाख्रिनकाे निधन

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७