युएईंविरुद्ध खेलको लागि २० खेलाडी छनोट, नरेश र अनिल टिममा परेनन्


६ मंसिर २०७४, बुधबार
criket team

काठमाडौं : नरेश बुढायर र अनिल मण्डल राष्ट्रिय क्रिकेट टोलीको दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न असफल भएका छन् । भेट्रान अलराउण्डर मेहबुब आलमसँगै शौरभ खनालले भने चोटका कारण नखेल्ने भएका छन् ।criket team

विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत यूएईबिरुद्ध हुने खेलका लागि नेपाली राष्ट्रिय टोली बन्द प्रशिक्षणमा छ । बुधबार दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २० सदस्यीय टोली घोषणा भएको छ ।

पहिलो चरणको बन्द प्रशिक्षणमा रहेका नरेश बुढायर, अनिल मण्डलसँगै सुसन भारी, विक्रम शोव र सुनिल धमला टिममा परेनन् । सुसनले हङकङविरुद्धको पहिलो खेल खेलेका थिए भने नरेशलाई शरद भेषावकरको स्थानमा टिममा बोलाइएको थियो । तर दोस्रो खेल वर्षाले नहुँदा उनी खेल्न पाएनन् । बन्द प्रशिक्षणमा रहेका महबुब र शौरभ भने चोटका कारण टिममा छैनन् ।

२० सदस्यीय नेपाली टोलीस्

१। पारस खड्का (कप्तान)
२। ज्ञानेन्द्र मल्ल (उपकप्तान)
३। बसन्त रेग्मी
४। अनिल कुमार शाह
५। विनोद भण्डारी
६। दिलीपनाथ
७। दिपेन्द्रसिंह ऐरी
८। हासिम अन्सारी
९। जितेन्द्र कुमार मुखिया
१०। करन केसी
११। कुशल भुर्तेल
१२। ललित भण्डारी
१३। मोहमद आरिफ शेख
१४। सागर पुन
१५। सन्दिप लामिछाने
१६। शक्ति प्रसाद गौचन
१७। शरद भेषवाकर
१८। सिद्धान्त लोहनी
१९। सोमपाल कामी
२०। सुशिल कंडेल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७