गीतबाट प्रचण्ड बाबुरामलाई रुवाएका जनगायक खुशीराम अस्ताए (भिडियोसहित)


५ मंसिर २०७४, मंगलवार
khusi ram

काठमाडौं: प्रकाश दाहालको श्रद्धाञ्जली सभामा गीत गाउँदागाउँदै माओवादी केन्द्रका पोलिटब्युरो सदस्य, गायक तथा पूर्वसांसद खुसीराम पाख्रिन हृदयघात भएर मृत्यु भएको छ

khusi ram
गत आइतबार हृदयाघातबाट निधन भएका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका पुत्र प्रकाश दाहालको श्रद्धाञ्जलि सभामा सहभागी हुने क्रममा अचेत भएर ढलेका उनको उपचारका क्रममा निधन भएको हो।

समाजका तल्लो वर्गका दुःखपीडा समेटेर यी र यस्तै कयौँ गीतसंगीत रचना गरेका खुसीराम पाख्रिनको मंगलबार यस्ताएका छन् ।श्रद्धाञ्जलिसभामा दुईवटा गीत गाएका पाख्रिन सभा चलिरहेकै बेला अचेत भएपछि उपचारका लागि नारायणी सामुदायिक अस्पताल पुर्‍याइएको थियो।prachand baburam crying

कम्युनिष्ट आन्दोलन र अझ भनौं माओवादी आन्दोलनमा केही गीतहरु ज्यादै चर्चित बनेका छन् । जनताका पीडा, रोग, भोक र गरीबीलाई टपक्कै टिपेर जस्ताको तस्तै प्रस्तुत गर्दा गाउँगाउँमा माओवादीको सांगीतिक अभियानले जनताको मन जितेको थियो ।

सांगीतिक अभियानकै कारण कतिपय मानिसहरु बन्दुक बोकेर जङ्गल पसे । बन्दुक बोक्ने र नबोक्ने दुवै जनतालाई जुरुक्कै उठाउने गीत र संगीतका एकजना नायक भने मंगलबार अस्ताएका छन् । चुनवाङ बैठकको चर्चा यतिमा मात्रै सीमित छैन । त्यही बैठकमा प्रस्तुत गरिएको ‘ओपेरा’ नामक सांगीतिक प्रस्तुतीका कारण माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेता बाबुराम भट्टराई लगायत रोएका थिए ।

‘ओपेरा’ युद्ध मोर्चाबाट फर्कँदा (भिडियो)

२०३८ सालदेखि जनताका मर्म, वेदना र भोगाईलाई शब्दको माध्यमबाट संगीतमा उनेर गीत गाउने उनी आफैँमा एउटा महाकाब्य जस्तै हुन् । जनता जगाउँदै गाउँबस्ती डुलेका खुशीराम आफ्नो जीवनमा भने सधैँ दुःखी रहे । माओवादी युद्धमासमेत होमिएका पाख्रिनले युद्धकै दौरान आफ्ना दुई छोरालाई गुमाए । यद्यपि उनी कहिल्यै विचलित भएनन् । युद्धको मोर्चामा डटिरहे, गीत संगीतबाट जनता बिउँझाउँदै हिँडिरहे ।

खुशीरामका गीत

गैँती बेल्चा उचालेर
पहरालाई छिचोलेर
डाँडाकाँडा बाटो बनायो
के खायो नि कुल्ली दाइले
के पायो नि कुल्ली भाइले
……

खुशीरामले कयौँ कालजायी गीत लेखेका छन् भने संगीत पनि भरेका छन् । आँधीको बेगसरी योद्धाहरु, बीरहरुको रगतले, आऊ युवा, नरुनुस् आमा, रातो घाम, ढल्दैछु कमरेड, लड्दा लड्दै ढलेको खबर घरमा पु¥उनु लगायतका चर्चित गीतहरु खुशीराम पाख्रिनका रचना हुन् ।जनता जगाउने यी चर्चित गीत नेपाली जनतालाई सुम्पिँदै खुशीराम वास्तविक जीवनमै ढलेका छन् ।

baburam prachand 1

baburam prachand 2

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७