लखन थापाको शालिक हटाएपछि मगर समुदाय आक्रोशित


१० आश्विन २०७४, मंगलवार
Lakhan thapa

पोखरा, १० असोज : पोखरा लेखनाथ महानगरपालिकास्थित शहीद लखन थापा मगरको रातारात प्रशासनले शालिक हटाएको छ । शालिकले बढी ठाउँ ओगटेको भन्दै गएराति लखनचोकमा रहेको शालिक हटाएको हो ।

Lakhan thapa
पोखरास्थित लखनचोकमा रहेको लखन थापामगरको शालिक

शालिक हटाएर बेपत्ता पारिएको छ । शालिक हटाउने नभइ सानो साइजको आइल्याण्ड बनाएर शालिक पुनस्र्थापन गर्ने विषयमा पोखरा लेखनाथ महानगरपालिकाले यसअघि पनि छलफल चलाउँदै आएको थियो । महानगरपालिका र मगर संघ पोखराबीच सहमति गरेर मूर्ति पुनस्र्थापना गर्ने छलफल चलिरहेकै बेला स्थानीय प्रशासनले रातारात शालिक हटाएपछि मगर समुदाय आक्रोसित बनेका छन् ।

मगर समुदाय पनि शालिक पुनस्थापना गर्नमा सहमत थिए । तर, सल्लाह जारी रहदा नै हटाएपछि मगर समुदाय आक्रोशित बनेका हुन् । नयाँ स्थानमा तत्काल पुन स्थापना नगरिए आन्दोलनमा उत्रिने उनीहरुको चेतावनी छ । दशैंको मुखमा भएको प्रशासनिक हस्तक्षेपविरुद्ध कसरी अघि बढ्ने भन्नेबारे स्थानीय स्तरमा छलफल भइरहेको अधिकारकर्मीहरुले बताएका छन् ।

Lakhan thapa1
गएराति शालिक हटाएपछिको लखन चोक ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७