जनतासँग कम्युनिष्टको सम्वन्ध माछा र पानीको जस्तै : माधव नेपाल


५ मंसिर २०७४, मंगलवार

चितवन: नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले जनतासँग कम्युनिष्टको सम्वन्ध माछा र पानिको जस्तै भएको बताएका छन्।मगंलबार भरतपुरमा आयोजित बाम गठबन्धनको जनसभालाई सम्वोधन गर्दै नेता नेपालले जनतासँग कम्युनिष्टको सम्वन्ध माछा र पानिको जस्तै भएको बताए।Madav Kumar Nepal

उनले कम्युनिष्टको सरकार आए देशमा एकदलिय शासन आउछ भनेर काँग्रेसले गलत प्रचार गर्दै हिँडेको वताए । नेपालमा कम्युनिष्ट पार्टीको स्थापना देखिनै देश र जनताको पक्षमा काम गरेको भन्दै उनले जनताले आफ्नो पार्टी प्रष्ट छुट्याउने वताए । नेपाली काँग्रेसलाई झुटको खेती नगर्न चेतावनी दिएको छ

“बामपन्थीको एकाताले काँग्रेसलाई नआत्तिन आग्रह गर्दै नेपालले भने,देशमा स्थायित्व र शान्तिका लागी गठबन्धन हो,यसले सम्रग जनतालाई फाइदा गर्छ,यो कसैप्रति लक्षित छैन् ।” देशमा थोरै पार्टी होस भन्ने उदेश्यले थ्रेसहोल्ड लागु गरेको भन्दै उनले त्यही उदेश्यका साथनै बाम गठबन्धन भएको वताए । जनताले कुन गठबन्धनमा रहेका पार्टीले देश र जनताको पक्षमा काम गरेका छन् भन्ने कुरा निर्वाचन मार्फत फैशला गर्ने वताए ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७