प्रचण्डको काखमा नातिनातिना, शोकाकुल परिवारलाई माधव नेपालको मल्हम


५ मंसिर २०७४, मंगलवार
prachand

काठमाडौँ: पुत्र वियोगको पीडामा रहेका माओवादी अध्यक्ष प्रचण्ड र पत्नी सीता शोकाकुल परिवारसहित गृहजिल्ला चितवन पुगेका छन् ।३६ वर्षको अल्पायूमै आफ्नो एक मात्र छोरा प्रकाश दाहालको असामयिक निधनपछि पीडामा डुवेका प्रचण्ड र सीता दाहाल मंगलवार त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा नाति(नातिनासँग मन बहलाउँदै गरेको अवस्थामा भेटिए ।prachand

प्रकाशको निधनपछि पहिलो पटक औपचारिक कार्यक्रममा सहभागी हुन आफ्नो निर्वाचन क्षेत्र चितवन जाने क्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड परिवारसहित त्रिभूवन अन्तराष्ट्रिय विमानस्थलमा पुगेका थिए । प्रचण्डसँगै पत्नी सीता, छोरीहरु रेणु, गंगा, बुहारी विना र प्रकाश पुत्र प्रलव पनि साथमै थिए ।

१०ः४५ को यति एयरलाइन्सबाट चितवन जाने क्रममा परिवारसहित विमानस्थल पुगेका प्रचण्ड र उनको परिवारलाई सहज बनाउन सहजीकरणको भूमिका पूर्व प्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपालले निर्वाह गरे ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रचण्ड पत्नि सीता दाहाल छोरी रेणु, गंगा र बुहारी वीनासँगै नातिनातिनाका साथमा ।प्रचण्ड भन्दा करीब १० मिनेट अघि नै विमानस्थल पुगेका पूर्व प्रधानमन्त्री नेपालले प्रचण्ड परिवारलाई त्यहाँ स्वागत मात्र गरेनन्, केही सहज वातावरण पनि निर्माण गरिदिए ।Madhav Nepal

प्रचण्डकी कान्छी छोरी गंगाकी पुत्री र प्रकाश(विनाका पुत्रलाई घरी प्रचण्डको काखमा राखिदिने त घरी आफैले काखमा राखेर प्रचण्डको मुहारमा मुस्कान ल्याउने प्रयास नेपालले गरे ।करीब आधा घण्टा प्रचण्ड र नेपालसँगै रहेका माओवादी नेताहरु रामबहादुर थापा ‘वादल’ र मात्रिका यादवले पनि वातावरणलाई सहज बनाउने प्रयास गरे । त्यसको केहीवेरपछि एउटै विमानमा चढेर प्रचण्डसँगै नेपाल पनि चितवन प्रस्थान गरे ।Dahal Family

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७