काँग्रेस उम्मेदवार मत फकाउन आचारसंहिता विपरीत पाइप र ट्युवेल बाँढ्ने तयारी


५ मंसिर २०७४, मंगलवार
anil rungata

काठमाडौं: नेपाली काँग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार अनिल रुँगटाले मतदाता फकाउन खानेपानीको पाइप र ट्युवेल बाँढ्न राखेको सामान निर्वाचन आचारसंहिता टोलीले बरामद गरेका छन् ।

anil rungata
सोमबार पर्साको विरगञ्ज महानगरपालिकास्थित सौराहाका मतदातालाई वितरण गर्न तयार गरेको गरेको सामान निर्वाचन आचारसंहिंता टोलीले बरामद गरेको हो । उक्त सामान स्थानीय कपिलदेव यादवको घरमा राखिएको अवस्थामा निर्वाचन आचारसंहिता टोलीले बरामद गरेको हो ।
निर्वाचन आचारसंहिता टोलले रुँगटालाई उक्त सामान निर्वाचन प्रक्रिया सम्पन्न नभएसम्म यथास्थानमा राख्ने र वितरण गरेमा निर्वाचन ऐन अनुसार कारबाही गर्ने चेतावनीसहित दिएका छन् ।  निवार्चन आचारसंहिता टोली सूचनाको आधारमा स्थानीय कपिलदेव यादवको घरबाट पाइप र ट्युवेल बरामद गरेको टोलीका अधिकारी योगेन्द्रप्रसाद आचार्यले जानकारी दिएका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७